काठमाडौं । काठमाडौं महानगरपालिका-२८ बागबजार धर्मचक्र गल्लीस्थित काठमाडौं महानगरपालिका-८ घर भएका ४८ वर्षीय उमेश श्रेष्ठले संचालन गरेको खेलकुद सामग्री पसलबाट ताल्चा फुटाई नगद २ लाख रूपैयाँ बिहीबार बिहान चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

