काठमाडौं । बागलुङमा दुर्गा प्रसाईँमाथि बिहीबार मुक्का प्रहार भएको छ।
‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेको प्रहरीले जानकारी दिएको छ।
बाग्लुङ प्रहरीका डिएसपी मदन केसीका अनुसार प्रसाईँलाई मुक्का हान्ने गौतमलाई नियन्त्रणमा लिइएको छ। कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईँलाई गौतमले आक्रमण गरेको केसीले जानकारी दिएका छन् । प्रसाँईले भने आक्रमण गर्ने ब्यक्तिले प्लाष्टिकको पोका प्रहार गरेको र ती ब्यक्ति एमालेका कार्यकर्ता रहेको प्रतिक्रिया दिएका छन् । बिचारबाट हारेकाहरुको छट्पटी भैरहेको प्रसाँईको प्रतिक्रिया छ ।


