आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गठबन्धन सरकार फाल्न जरूरी : केपी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
देशमा सुशासनको पक्षमा राष्ट्रिय शक्ति नभएमा समृद्ध बन्न सकिदैन :  केपी ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्। बिहीबार पार्टीनिकट खेलकुद महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले सिट्ठी फुक्नेबित्तिकै आन्दोलनमा उत्रन मानसिकरूपमा तम्तयार रहन निर्देशन दिएका हुन्। उनले तीन दिनकै तयारीमा राष्ट्रिय आन्दोलनको तयारी गर्नुपर्ने हुनसक्ने बताए।

‘के मनमा राख्नूस् भने, तिमी छौ र पो म बाँचेको छु भन्ने एउटा गीत छ नि, देश छ र पो हामी छौं त नेपाल छ र पो हामी छौं त, नेपाल जोगाउन हामी परी आउँदा हरेक मूल्यमा हामी अगाडि बढ्दैनौं र!,’ पार्टी मुख्यालय च्यासलमा बसेको पूर्ण बैकठमा अध्यक्ष ओलीले निर्देशन दिँदै भने, ‘त्यसकारण हामीले आफूलाई आन्दोलनका निम्ति तयार राख्नुपर्छ। पार्टीले जतिबेला सिट्ठी बजाउँछ, खेलाडीहरू छरिएका हुनसक्छन्, सुइयँ सिट्ठी बजाएपछि लाइनमा बस्छन्, हामी त्यस्तै हो। पार्टीले सिट्ठी बजायो भने आन्दोलनको मैदानमा दौडने गरी, हामीलाई धेरै दिनको तयारी नहुनसक्छ, छोटो तीन दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्छ, यो मानसिकताका साथ जान जरूरी छ।’

गठबन्धन सरकारले जस्तोसुकै हमला गर्न सक्ने उनले बताए। जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको बताउँदै त्यसका लागि पनि तयार रहन निर्देशन दिए। ‘अहिले एउटा निर्णायक लडाइँ हामी लडिरहेका छौं, उनीहरू आतंकित किन छन् भने एक्लै त कोही लड्न सक्दैन, हामी एक्लै ८० सिट ल्याउँछौं। उनीहरू एक्लै भए भने २०, ३०, ४० सिट पुर्‍याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरूको बेहाल हुन्छ, हामीसँग एक्लै लड्ने हो भने। त्यसैअनुसारको मानसिक तयारीमा रहन आग्रह गर्छु,’ उनले भने। नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेको उनले बताए।

यस्तै निर्देशन अध्यक्ष ओलीले मंगलबार पनि दिएका थिए। थपिएका ६ जना केन्द्रीय सदस्यलाई शपथ गराउँदै उनले मुलुकलाई बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने बताएका थिए। ‘देशको अवस्था अहिलेजस्तो खराब कहिले थिए। नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको छ। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेकाले आन्दोलनमा उत्रनुपर्ने हुनसक्छ,’ उनले भनेका थिए।

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

२० मिनेट अगाडि
नेता घनश्याम भुसाल समाजवादीमा जाने तयारी

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक