काठमाडौं । उपाधिको दाबेदार मानिएको मोरक्कोले अफ्रिका कप अफ नेसन्स २०२३ मा बुधबार प्रभावशाली विजयी सुरुवात गरेको छ । उसले समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित तान्जानियालाई ३–० ले हरायो ।
अफ्रिका कप अफ नेसन्स : मोरक्कोको प्रभावशाली विजयी सुरुवात रोमेन सिसको गोलले अग्रता लिएको मोरक्कोका लागि एजेडिन आनाही र युसेफ एन नेसरीले एक/एक गोल थपे ।
खेलमा २० मिनेट बाँकी छँदा तान्जानियाले रातो कार्डमा नोभाटस मिरोशीलाई गुमाएको थियो । समूहको अर्को खेलमा कन्गो र जाम्बियाले १–१ को बराबरी खेले र दुवै समान एक अंकमा रहे ।
मोरक्कोले सन् १९७६ मा एकै पल्ट मात्र एफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । उसले सन् २०२२ को पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

