सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी महानिरीक्षक कुँवरबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्‍घाटन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
प्रहरी महानिरीक्षक कुँवरबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्‍घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गतका दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्‍घाटन गर्नुभएको छ ।

दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गतको SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षण कार्यक्रमको प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबिच उद्‍घाटन गर्नुभएको हो ।

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणले इन्टरपोल उपकरण र प्रणालीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सहभागीहरूलाई सीप, ज्ञान प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय प्रहरी सहयोग र विभिन्न अपराध परिदृश्यहरूमा इन्टरपोल उपकरणहरूको जागरूकता बढाउने बिषयलाई सम्बोधन गर्ने उल्लेख गर्नुभयो । सीमा व्यवस्थापन अधिकारीहरूको लागि संचालित प्रशिक्षणले आपराधिक गतिविधिहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सीमा व्यवस्थापन क्षमतालाई बलियो बनाएर अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध लड्ने प्रतिबद्धतालाई अझ जोड दिने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले विश्वले यौन उत्पीडन र दुर्व्यवहारसँग सम्बन्धित कठिनाइहरूको सामना गरिरहेको अवस्थामा विपन्न र कमजोर व्यक्तिहरूको हित, मर्यादा र सम्मानको रक्षा गर्न परियोजनाले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । प्रशिक्षणबाट प्राप्त ज्ञान सिप सहभागीहरुको कार्य क्षेत्रमा लाभदायक हुने र अधिक सुरक्षित विश्वव्यापी समुदाय निर्माण गर्न सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा INTERPOL Project Soteria का Criminal Intelligence Officer, Frazer Waldron ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा दुवै प्रशिक्षणहरूका प्रशिक्षकको रुपमा INTERPOL Project Soteria अन्तर्गतबाट ५ जना Officials हरुको उपस्थिति थियो । उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन हुने SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरु र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन हुने INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षणमा नेपाल प्रहरीका अधिकृतहरु २० जना अधिकृतहरुको सहभागिता रहको छ । प्रशिक्षण माघ २ देखि ५ गतेसम्म संचालन हुने छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने पक्राउ

१ दिन अगाडि
सेनाले मनाए संयुक्त राष्ट्र संघ दिवस

सेनाले मनाए संयुक्त राष्ट्र संघ दिवस

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक