काठमाडौं । हिमालयन बैंकको बोर्ड अफ डाइरेक्टर पदमा प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।
हिमालयन बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभामार्फत पाण्डे बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका हुन् ।
उनी संस्थापक शेयरधनीबाट बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका हुन् । व्यवसायी पाण्डे यसअघि कैलाश हेलिकोप्टरका सञ्चालक रहेका थिए ।
 
                                 
			 
                                 
			 
                                 
                    
 
                                 
                                 
                                

