आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सभा जनताद्वारा फालिएकालाई थुपार्ने डस्बिन बन्योः सिके राउत (भिडिओसहित)

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
राष्ट्रिय सभा जनताद्वारा फालिएकालाई थुपार्ने डस्बिन बन्योः सिके राउत (भिडिओसहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले सत्तारुढ गठबन्धन निर्वाचनका लागि नभएको बताएका छन् । वर्तमान सत्ता गठबन्धन सरकार बनाउनका लागिमात्रै भएकाले आफूहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार उठाएको उनले बताए । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार दिएर जनमतले संविधानको मर्मलाई न्याय गरेको बताए । उनले उम्मेदवार उठाउनु दलको धर्म पनि भएको बताए । उनले उपराष्ट्रपति निर्वाचनमा समेत संविधानको मर्मअनुसारको पात्र नभएकाले आफूहरुले उम्मेदवार दिएको बताए ।

‘हामीले आफ्नो धर्म निर्वाह गरेका हौं । राजनीतिक पार्टीमा निर्वाचन भएपछि हामीले त्यहाँ उम्मेदवार दिन सक्नुपर्छ । त्यो हामीले दिएका हौं । अब जित हार भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ ।’ उनले भने, ‘तर, हामीले जहिले पनि उपयुक्त उम्मेदवार दिएका छौं । उपराष्ट्रपति निर्वाचनमा बृहत सेन्टिमेन्ट थियो । महिला उम्मेदवार हुनुपर्छ । तर, त्यहाँ गठबन्धनबाट पुरुषलाई जिताउने हर्कत गरियो । हामीले त्यहाँ महिला उम्मेदवार दियौं ।’

साथै, राष्ट्रिय सभा जनताद्वारा फालिएकाहरुलाई ब्यवस्थापन गर्ने डस्बिन बनेको उनको टिप्पणी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुले संविधानले परिकल्पना गरेको समानुपातिक समावेशिताका आधारमा उम्मेदवार नउठाएको उनको आरोप छ । अहिलेको राष्ट्रिय सभा निर्वाचमा मधेशी, थारु उम्मेदवारहरु नउठाएपछि आफूहरुले मधेशबाट मधेशीलाई र लुम्बिनी प्रदेशबाट थारु पात्रलाई उम्मेदवार बनाएको बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनमा जुन तरिकाले उपयुक्त पात्रहरु आउनुपर्ने थियो, राष्ट्रिय सभा निर्वाचन भनेको जंक बक्स त होईन । डस्बिन त होईन, फालिएका पात्रहरुलाई ल्याएर थुपार्ने ।’ उनले भने, ‘तर, अहिले के देखियो भन्दाखेरी जुन पराजीत भइुकेका थिए, फालिएका थिए, तिनीहरुलाई व्यवस्थापन गर्ने थलोका रुपमा राष्ट्रिय सभा बन्यो ।’

उनले आफूहरु सत्ता वा प्रतिपक्षमा जहाँ बसेपनि सत्यलाई साथ दिने बताए । सत्यलाई साथ दिनुनै आफ्नो नैतिकता रहेको उनले बताए । गठबन्धन भने पनि तीन जना नेतामात्रै बस्छन् । सबै निर्णय गर्छन् । अरुलाई जानकारीको बोधार्थमात्रै गर्छन् । त्यस्तो निर्णयको जिम्मेवारी हामी लिन सक्दैनौं भनेर हामीले सुरुदेखि नै भन्दै आएका छौं ।

वर्तमान सत्ता गठबन्धनका दलहरुलाई जनमतको कार्यशैली मन नपरेको खण्डमा आफूहरु सरकारबाट बाहिरिन तयार रहेको उनले बताए । उनले आफूले प्रधानमन्त्रीलाई गठबन्धनमा केही अप्ठ्यारो भए आफूहर सरकार छाड्न तयार रहेको जानकारी गराएको समेत बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतमतको कार्यशैलीबाट सरकारलाई कुनै अप्ठ्यारो नरहेको जवाफ दिएको उनको भनाइ छ ।

‘हामीले यो पनि भन्दै आएका छौं– तपाईँलाई मन परेको छैन भने भन्नुस् हामी गठबन्धनबाट बाहिरिन तयार छौं । पदमा, कुर्सीमा टासिइराख्ने होईन । हामीले पटक– पटक भनेका छौं ।’ उनले भने, ‘केही दिन अगाडि मैले प्रधानमन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र दिएको थिएँ । स्पष्ट रुपमा लेखेको थिएँ– हामी गठबन्धनबाट जतिसुकै बेला पनि निस्कन तयार छौं, अप्ठ्यारो तपाईँहरुलाई छ भने ।’ Reporters nepal

यो पनि पढ्नुहोस्

प्रमिला ताम्राकार तुलाचनसित कुराकानी

प्रमिला ताम्राकार तुलाचनसित कुराकानी

१२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक