काठमाडाैं । सोमबार ओएसआर डिजिटलमार्फत कथानक चलचित्रमा समावेश ‘आहा कति राम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। टुँडिखेलमा छायांकन गरिएको गीतमा आश्मा विश्वकर्मा र अरुण क्षेत्रीको नृत्य देख्न सकिन्छ। उनीहरूसँगै फिल्मका अन्य कलाकारलाई पनि गीतमा समावेश गरिएको छ।
अस्मिता अधिकारी र आशिष अविरलको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ।
चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ।
पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।
षट्कोण आर्टस ब्यानरमा निर्माण भएको चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। यो कथानक चलचित्र चैत ९ गतेदेखि प्रदर्शन हुनेछ।


