आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माघे सङ्क्रान्ति विशेष अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
संक्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको आश्वासन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । शुभकामना नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरुले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रुपमा मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। १२ महिनामा वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिहरुमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्ति विशेष महत्वपूर्ण मानिन्छ।

आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ। मूलतः प्रकृतिपूजक पर्वका रुपमा मनाइने यस पर्वमा तिल, तरुल, घिउ, सख्खरका विभिन्न परिकारहरु, विभिन्न सांस्कृतिक महोत्सव र झाँकीहरु, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, तीर हान्ने खेल लगायतका क्रियाकलापहरु हुने गर्दछन्, जसले नेपालको आदिम समाज, ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ। भौगोलिक रुपले यति सानो मुलुकमा हामीले जुन जातीय, भाषिक, सांस्कृतिक विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो।

माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरुको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो। यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन्।

नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरुको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको छ। तसर्थ, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो।

अन्त्यमा, माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। मिति : २०८० माघ १ गते नेपाल संवत् ११४४ पोहेला थ्व ४ पुष्पकमल दाहाल ‘प्रचण्ड

यो पनि पढ्नुहोस्

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

१ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक