काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यन्वयन गर्न राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बोहान माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले दिएका कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोले जनतामा असन्तुष्टि र निराशा छाएको जनाउदै कानुन बनाएर संबिधान कार्यन्वयन गर्नुपर्ने जनाएका हुन् ।
उनले भने- ‘संविधानले पिछडिएका, उत्पीडित र उपेक्षित वर्गलाई जे अधिकार दिएको छ त्यो कार्यान्वयनमा सार्थक हुनुपर्यो । त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ । तपाई संसद्का मित्रहरू सबैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले जे परिकल्पना गर्यो,त्यसलाई कानुनद्वारा व्यवस्थित गर्ने आवश्यकता छ ।
ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ ।’ उनले देशमा निराशा र इत्यादि कुराहरू आएको भए पनि त्यो संविधान कार्यान्वयनको कमीले भएको आफुले बुझेको जनाएका छन् ।


