शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैंकको नयाँ ब्याजदर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
बैंकको नयाँ ब्याजदर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ ।

नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ । यसैगरी कम ब्याजदर प्रस्ताव गर्ने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।

पुसको तुलनामा कृषि विकास बैंकले १.२५ प्रतिशतले ब्याजदर घटाएको हो भने सिटिजन्स् बैंकले जम्मा ०.२ प्रतिशतले मात्र घटाएको हो ।
यस्तै अन्य बैंकहरुमा नेपाल एसबीआई बैंकले १.३५ प्रतिशतले ब्याजदर घटाउँदै माघ महिनाका लागि निक्षेपको ब्याजदर ८.२५ प्रतिशत प्रस्ताव गरेको छ भने सिद्धार्थ बैंकले १.१५ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.९ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, माछापुच्छे बैंकले १.६ प्रतिशतले घटाउँदै ८ प्रतिशत, कुमारी बैंकले १.२ प्रतिशतले घटाउँदै ८.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १ प्रतिशतले ब्याजदर घटाएर ८ प्रतिशत प्रस्ताव गरेको छ ।

यसैगरी नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत कमले घटाएका छन् । Nabil bank २० वटा बैंकमध्ये चारवटा बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने ब्याजदर यथास्थितिमा राख्दै क्रमशः ८ प्रतिशत, ८.०७ प्रतिशत, ९ प्रतिशत र ९.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै जाने तर यता लगानी (कर्जा) को माग नहुँदा बैंकहरुको खर्च बढी हुँदा पनि ब्याजदर घटाउन बैंकहरु बाध्य भएका हुन् । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ६० खर्ब ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन हुँदै गर्दा यता सोही अवधिमा मुस्किलले ५० खर्ब ४२ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।

कर्जा-निक्षेपको तुलनामा १० खर्ब ४३ अर्ब रुपैयाँ तरलता रहेको देखिएकोमा यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) औसत ८०.१० प्रतिशत मात्र कार्यान्वयन भएको बैंकले जनाएको छ । जबकि मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूले ९० प्रतिशतसम्म सीडी रेसियो उपभोग गर्न छुट दिएको छ । यसो हुँदा हाल बजारमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएकाले पनि बैंकहरुमाथि ब्याजदर घटाउन दबाब परेको बुझिन्छ । यसको प्रभाव बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरमा समेत पर्नेछ ।

यो पनि पढ्नुहोस्

Global IME Bank Honored with Global Finance “Best Bank Award” for the Second Consecutive Year

Global IME Bank Honored with Global Finance “Best Bank Award” for the Second Consecutive Year

२ हप्ता अगाडि
एनआईसी एशिया बैंक र अमरापुरी रिसोर्टबीच सम्झौता

एनआईसी एशिया बैंक र अमरापुरी रिसोर्टबीच सम्झौता

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

एभरेष्ट बैंकको साधारण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक