काठमाडाैं । ग्लोबल आइएमई बैंकले पैसा आउने, थपेर पाउने नारासहित नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकले ग्लोबल रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्मको क्यासब्याक पाइने योजना सार्वजनिक गरेको हो ।
जसअनुसार २५ हजारसम्म पठाउँदा सय रुपैयाँ, पचास हजार पठाउँदा दुई सय रुपैयाँ र ५० हजारभन्दा बढी पठाउँदा दुई सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क र वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट बैंकले रेमिट्यान्स भित्र्याएर देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
 
                                 
			 
                                 
			 
                                 
                    
 
                                 
                                 
                                

