सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्थतन्त्र सुधार गर्न सरकारसँग पहल जारी : अध्यक्ष ढकाल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अर्थतन्त्र सुधार गर्न  सरकारसँग पहल जारी : अध्यक्ष  ढकाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता भएमा तत्काल अर्थतन्त्रमा सुधार आउने जनाएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको दशौँ वार्षिक साधारण सभा तथा पच्चिसौँ स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफूहरुले निरन्तर पहल गरेको जानकारी दिए ।

उनले भने, ‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुुझाव तयार गरी वुुझाएका पनि छौं । ती कुराहरू कार्यान्वयन हुनुपर्यो ।’

पछिल्लो समय ट्रङ्क तथा डेडिकेटेड लाइनको महशुल विवादले उद्योगीहरु समस्यामा रहेको ढकालले बताए । उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिनाले औद्योगिक वातावरण बिग्रनेतर्फ औंल्याए । यसको समाधानका लागि व्यवसायीहरुले तत्काल उच्चस्तरीय आयोग वा संयन्त्र गठनको माग गरेका छन् । उनीहरुले उक्त समस्या कुनै एक निकायले समाधान गर्न नसक्ने अध्यक्ष ढकालको ठहर छ ।

ढकालका अनुसार निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नु उपयुक्त कदम हुने छ । अगाडि भने, ‘यसरी काटिएको लाइन जोड्न र थप नकाटन म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’

मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भइरहेको औंल्याउँदै यसबाट रेमिट्यान्स आएको तर उपभोग नबढेकोतर्फ निजी क्षेत्रले बेलैमा सरकारको ध्यानाकर्षण गराएको सन्दर्भ पनि उनले उल्लेख गरे । असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गरियो, प्रधानमन्त्रीले सम्वाद परिषद ब्युँत्याउने घोषणा गरेपनि हालसम्म बैठक नभएकोमा व्यवसायीहरुले दुःखेसो व्यक्त गर्दै आएका छन् ।

अध्यक्ष ढकालले भने, ‘उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समितिको कार्यविधि बनाउन निर्देशन दिनुभएको छ । हामीले माग गरेको यही र यस्तै संयन्त्र हो । जसले सम्वेदनशील भएर उद्यमीका समस्या समाधान गरोस् । यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो । हाम्रो आग्रह छ ।’

मुलुकमा हालसम्मकै उच्च विदेशी विनिमय संचिति रहेको र अत्यधिक रेमिट्यान्स आएकाले बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त देखिन्छ । यसको उपयोग निजी क्षेत्रले नै गर्ने भएकाले त्यसको निम्ति सहज वातावरण सरकारले बनाइदिनुपर्नेमा ढकालको जोड छ । यसका लागि महासंघले सात वटा प्रदेशमा लगानी सम्मेलनको योजना अगाडि सारेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढ्याे

३ हप्ता अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक