शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानमा किरा फट्यांग्रा मारिँदा श्रद्धाञ्जली !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जापानमा  किरा फट्यांग्रा मारिँदा श्रद्धाञ्जली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मानिसको मृत्युमा श्रद्धाञ्जली दिनु त स्वभाविकै हो । प्रिय घरपालुवा जनावर तथा विभिन्न महत्वपूर्ण वन्यजीवहरु मर्दापनि शोक मनाउने गरिन्छ । तर के तपाईंले किरा फट्यांग्रा मारिँदा पनि श्रद्धाञ्जली दिएको सुन्नुभएको छ रु सायद छैन होला । वास्तवमा एउटा जापानी कम्पनीले मृतक किटपतंगका लागि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दछ ।

अर्थ कर्पोरेसन जापानको एउटा प्रमुख किटनाशक औषधि उत्पादक कम्पनी हो । दशकौंको अनुसन्धानपछि कम्पनीले प्रसिद्धी कमाएको छ । आफ्ना उत्पादनहरुको परीक्षणका लागि कम्पनीले आको सहरमा एउटा अनुसन्धान प्रयोगशालामा किराहरुका विभिन्न प्रजातिको प्रयोग गर्दछ र त्यसक्रममा कैयौँ किरा मारिन्छन् ।

यसरी लाखौँ किराको हत्या गर्ने सो कम्पनीले आको सहरस्थित मायोडोजी मन्दिरमा मृतक किराहरुको सम्मानमा हरेक वर्ष एक विशेष श्रद्धाञ्जली समारोह तथा पूजाको आयोजना गर्दछ ।

गत महिना सो कम्पनीका ६० भन्दा धेरै कर्मचारीहरुले उक्त समारोहमा भाग लिए जहाँ एकजना दाओसी ९ताओवादी पुजारी० ले मृत किराहरुका दर्जनौँ तस्वीरको अगाडि प्रार्थना गरेका थिए । त्यस क्रममा लामखुट्टे, किर्ना, झिँगा, सांग्ला तथा अन्य विभिन्न किराहरुका दर्जनौँ तस्वीर मन्दिमा टाँसिन्छ र त्यसको अगाडि मानिसहरुले प्रार्थना गर्दै उभिन्छन् ।

अर्थ फार्मास्युटिकल रिसर्चका प्रमुख टोमिहिरो कोबोरीका अनुसार धेरै मानिसहरुले विज्ञानको नाममा हजारौँ किराहरुको बलिदानको मूल्यलाई बुझ्दैनन् । तर यो समारोहले भने यो विचारलाई सहयोग गर्दछ ।

अर्थ कर्पोरेसनको अनुसन्धानशालाले आफ्नो प्रयोगका लागि करीब १० लाख सांग्ला तथा १० करोड भन्दा धेरै किराहरुको प्रजनन गराउँछ, जसले मानिसको स्वास्थ्य तथा सुविधाका लागि बलिदानी दिन्छन् । त्यसैले यस जापानी कम्पनीले लाखौँ किराफट्यांग्राको निधनमा काम गर्ने क्रममा उनीहरुको बलिदानको सम्मान गर्दछ । सेन्केई शिनबुन पत्रिकाका अनुसार अर्थ कर्पोरेसनले पछिल्लो चार दशकदेखि हरेक वर्ष यो अनौठो समारोहको आयोजना गर्दै आएको छ ।

– एजेन्सी

यो पनि पढ्नुहोस्

१३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

१३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

१ महिना अगाडि
डेनमार्कमा ८ हजार ५ सय वर्षअघिको तटीय बस्ती फेला

डेनमार्कमा ८ हजार ५ सय वर्षअघिको तटीय बस्ती फेला

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

एभरेष्ट बैंकको साधारण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक