काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डर बनाउने गृहकार्य अघि बढाएका छन् ।
प्रारम्भिक क्यालेन्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् ।
हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति चलाउने लगायतका प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेन्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरि संसदीय क्यालेण्डर बनाउने गरि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।
शुन्य समय, विशेष समयलाई ब्यवस्थित गर्नेदेखि विधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेन्डरमै राख्ने तयारी छ ।