काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।
सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ । यस्तै, सभामा प्रबन्धपत्र, नियमावली संशोधन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ ।
यस्तै सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ ।