एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ।
इशिकावामा बुधबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो। इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ। जापानको मौसम विज्ञान एजेन्सीले आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ। सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ।