-लोकनारायण सुबेदी
यतिबेला यूक्रेन र गाजापट्टी दुबै ठाउँमा चलिरहेको युद्धले बिश्व भरी नै ठूलो नकारात्मक र सकारात्मक प्रभाव पनि पारिरहेको छ । यहाँ सकारात्मक प्रभाव के कस्तो हो त्यसको चर्चा गरिन लागिएको छ । युद्धका बिरुद्ध र शान्तिको पक्षमा बिश्वभरीका मानिसहरुका बीचमा एउटा नयाँ मनोदशा तिब्रताकासाथ बिकसित भइरहेको छ । जानकारहरु भन्दछन् ः हुन त यस्तो मनोदशा २०२२ भन्दा पहिलादेखि नै बिकसित हुन थालेको थियो । तर जब रुसी सेना यूक्रेनमा प्रबेश गर्यो तब यस मनो दशमा धेरै नै अभिबृद्धि हुनथाल्यो । कोभिड १९ महामारी झेल्नमा बिश्व ब्यवस्थापनलाई लिएर पश्चिमा संसार निकै ठूलो सन्देहको घेरामा आइसकेको थियो । एकातिर त जहाँ पश्चिमा सरकारहरु र त्यहाँको स्वास्थ्य ब्यवस्थापन आफ्नै देशमा महामारीसँग प्रभावकारी किसिमले लड्न सकिरहेका थिएनन् भने अर्काेतिर ती देशहरु बिश्वका अन्य देशहरुलाई कोभिड खोप उपलब्ध नगराउन ब्यस्त देखिएका थिए । एकतिर त ती सरकारहरु कुन जिद्दीमा रहेका थिए भने उनीहरुका देशका जनतलाई कोभिड खोप आवश्यकताभन्दा बढी उपलब्ध होओस् । अर्कोतर उनीहरु जिद्दी के थियो भने गरीब देशले बिदेशी ऋणको भुक्तानी पश्चिमा देशलाई नियमित रुपले गर्दैरहुन् । अनि यो स्पष्ट भइरहेको थिया कि पश्चिमको श्रेष्ठता एबं उदारताको दाबी पूर्णरुपले खोक्रो दाबी हो । अर्कोतिर ग्लोबल साउथका कतिपय देशहरु अब शक्तिशाली देश बनेर उदाउँदै थिए । यी सारा घटनाक्रमकाले मिलेर यो परिबर्तनलाई तीब्रता दिइरहेका थिए ।
यूरोपेली काउन्सिल तथा बिदेश सम्बन्धको १५ नोभेम्बरको एउटा रिपोर्ट जसको शीर्षक–‘बिश्व जनमतबाट यूरोपका नीति निर्माताहरुले के शिक्षा लिनु पर्दछ’?मा पूरै बिश्वका देशहरुको महत्वपूर्ण डेटाका आधारमा यस नयाँ मनोदशाको गहिराईलाई संकेत गरेको बिश्लेषकहरु मान्दछन् । २१ देशको मतदान डेटामाथि यो रिपोर्ट आधारित छ जसमा चीन, भारत, तुर्कीए,रुस, अमेरका(सीआईटीअआरयूएस),यूरोपका प्रमुख ११ देश तथा ब्राजिल, इण्डोनेशिया,साऊदी अरब, साउथ अफ्रिका तथा साउथ कोरिया – ५ गैर यूरोपेली प्रमुख देश पनि सामेल छन् । ती देशहरुका मतदान डेटाबाट के स्पष्ट हुन्छ भने आजको कालखण्ड कुनै ध्रुबीयतामा आधारित छैन कि जनसंख्याको अधिकांश हिस्सा साझेदारको कुनै नियत गुटमा नलागिकन बिश्वमा बाच्न चाहन्छ । मतदानमा सहभागी भएका देशहरुको चाहना के थियो भने तिनका सरकारहरु बाँकी सबै सरकारहरुसँग सम्पर्कमा रहुन् र बिभिन्न मुद्दामा बिभिन्न सरकारहरुसँग मिलेर काम गरुन् । रिर्पोटमा एउटा ब्यबहारिक राजनीतक परिदृष्यलाई नोट गर्दै भनिएको छ कि ‘बिश्वका अधिकांश हिस्सा(यूरोप र तिनको अमेरिकालाई छाडेर) यूक्रेनमा चाँडोभन्दा चाँडो युद्ध समाप्त होस् भन्ने पक्षमा छन् भलै कीभले केही क्षेत्र गुमाउनु नै किन नपरोस् । साथै एकदमै थोरै यस्ता मानिसहरु पथि छन्(यूरोपलाई पनि जोडेर), जसले ताइवानलाई लिएर अमेरिका र चीनका बीच यदि युद्ध छेडिन्छ भने तिनले अमेरिकाको पक्ष लिनेछन्’।
ती देशहरुमा गरिएको सर्बेक्षणका अनुसार जनसंख्याको अत्यन्तै ठूलो हिस्सा यूक्रेन र पेलेस्टिनमा चलरहेका युद्धका लागि पश्चिमा देशहरुको तर्कलाई स्वीकार गर्दैनन् । उदाहरणका लागि रिपोर्टमा भनिएको छ कि–पश्चिमा देशभन्दा बाहिर ठूलो संख्यामा मानिसहरुको सोच के छ भने यूक्रेन युद्ध कुनै नैतिक मूल्यमा आधारित हुनुको साटो महाशक्तिहरुको एउटा छद्म युद्ध बढी हो । बास्तवमा पूर्बतर्फ नाटोको बिस्तार नै यो युद्धको यथार्थ जड हो । रिपोर्टमा भनिएको पनि छ कि –‘रुस तथा चीनका मानिसहरु मात्रै होइन, भारत, इण्डोनेशिया,साऊदी अरब तथा तुर्किएका मानिसहरु पनि पश्चिमा अर्थात् यूक्रेन, यूरोपेली संघ एबं अमेरिकालाई एउटा ठूलो समस्याकोरुपमा देख्दछन्’। मानिसहरुको मत केवल यही मात्रै होइन कि यूक्रेन युद्धको लागि पश्चिमा शक्ति मूख्यरुपले दोषी हो, त्योभन्दा अझ बढी मानिसको धारणा के छ भने ‘यूक्रेन युद्धमा आउँदा पाँच बर्ष भित्रमा रुसले जित्न सक्नेछ’।
चीनका बिरुद्ध अमेरिकाको दबाब अभियान
ताइवानका बिषयमा यस रिपार्टमा डेटाको शायद सबैभन्दा अनौठो पक्ष परिापरिलक्षित हुन्छ । गएको १९७९देखि शुरु गरेर अमेरिकाले जतिबेला चीनसँग राजनयिक सम्वन्ध कायम गरेको थियो त्यतिबेला ेखि नै उसले ‘एक चीन नीति’ अंगीकार गरेको हो । त्यस एक चीन नीतिको अर्थ यो हो कि ताइवानलाई अमेरिका चीनको एक अभिन्न अंग मान्दछ । त्यसै बर्ष अमेरिकी सरकारले ‘ताइवान रिलेसन एक्ट’ पनि पारित गरेको थियो जसको माध्यमले अमेरिका र ताइवानका बीच गैर राजनीतिक सम्वन्धाई परिभाषित गरिएको थियो । यसरी अमेरिकाले ताइवानमा यस्तो झूटो अपेक्षालाई हावा दियो कि चीनमा ताइवनको पूर्ण बिलयको बिरुद्ध अमेरिकाले ताइवानर्लाइ साथ दिनेछ । यो जुन कपटपूर्ण पाखण्ड हो कि – एकातिर चीनसँग राजनयिक सम्वन्ध स्थापित गर्ने, अनि अर्कोतिर ‘ताइवान रिलेशन एक्ट’को पाखण्डलाई कायम राख्ने– यही पाखण्डपूर्ण नीति अमेरिकाले बितेको ४४ बर्षदेखि अनुसरण गर्दै आएको छ । बितेको पाँच बर्षको कालखण्डमा चीन र ताइवानका बीचको सम्बन्धमा तनाब बृद्धि भएको छ । किनभने अमेरिकाले एउटा ‘ताइवान ट्राभेल एक्ट (२०१८)’पनि पारित गर्यो जस अन्तरगत अमेरिका र ताइवानका उच्चाधिकारीहरु एक अर्काको देशमा भ्रमण गर्न सक्छन् । यसरी २०१८ देख शुरु गरेर अमेरिकाले ताइवानलाई लिएर चीनसँगको सम्बन्धलाई तनावपूर्ण बनाइदियो, जुन चीनका बिरुद्ध अमेरिकाको दबाब अभियानकै एउटा महत्वपूर्ण हिस्सा हो ।
चीनको आधा जनसंख्या यो बिश्वास गर्दछ कि अमेरिका चीनको बिरुद्ध सैनिक कारबाही गर्न लागि परेको छ । उता पश्चिमको एक तिहाई जनसंख्याको के मान्यता देखिन्छ भने दुबै देशका बीच युद्ध अबश्यंभावी । अनि यदि यस्तो कुनै युद्ध भयो भने यूरोपका ठूला देशहरुका ६२ प्रतिशत जनता तटस्थ रहन मन पराउँदछन् । केवल २३ प्रतिशतले वाशिङ्गटनको समर्थन गर्ने कुरा गरेका छन् । ताइवानलाई लिएर चीनका बिरुद्धको युद्धमा यूरोपका केवल ८ प्रतिशत मानिसले मात्र आफ्ना सैनिकहरुको त्यसमा सहभागितको स्वागत गर्न सक्छन् जबकि अमेरिकाका केवल ३२ प्रतिशत मानिसहरु मात्र यो युद्धमा आफ्ना फौजको समर्थन गर्न तयार हुन सक्दछन्। यूरोप तथा अमेरिका दुबै देशका बहुसंख्यक मानिसहरु यस्ता कुनै पनि आत्मघाती युद्धको बिरुद्ध छन् । त्यस्ता मासिनहरु त दुबै पक्षका बीच निकट सम्बन्धको पक्षमा देखिन्छन् । त्यसैले त अमेरिकी राष्ट्रपति चीनका राष्ट्रपति शी जिनपङ्गलाई ‘तानाशाह’ भन्दा अमेरिकी बिदेशमन्त्री एण्टोनी ब्लिंकेनले आफ्नो छटपटी छिपाउन सकेका थिएनन् । यथार्थतः कूटनीतिक क्षेत्रमा यस्तो भाषाको प्रयोगले कठिनाई उत्पन्न हुने गर्दछ भन्ने मान्यता । यद्यपि दुबै देशले कामकाजी सम्पर्क स्थापित गर्ने प्रयास पनि गरिरहेका छन् ।
प्यालेस्टिनमाथि बर्बर इजरायली हमला बिरुद्ध
यद्यपि यूरोपेली काउन्सिलको यस रिपोर्टमा गाजापट्टीका पेलेस्टिनीहरुमाथि इजरायलको बर्बर हमलालाई लिएर बिश्वभरीका मानिसहरुको दृष्टिकोणका बारेमा त्यस्तो कुनै डाटा प्रकाशित भएको छैन तर मासिनहरुको मनोदशालाई जाहेर गर्ने अन्य महत्वपूर्ण संकेतकहरु भने उपलब्ध छन् । गाजापट्टीमा इजरायलको बमबारीका बिरुद्ध ठूल्ठूला बिरोध प्रदर्शनहरु आज बिश्वभरी नै भइरहेका छन् । अन्यायका बिरुद्ध यस्ता बिरोध प्रदर्शनहरुले एउटा पूरै नयाँ पिढीमानै उत्सहको सञ्चर गरिरहेको सुक्ष्म बश्लेषकहरुको निष्कर्श छ । त्यसैले जाकार्ता र इस्ताम्बुलदेखि लिएर वाशिङ्गटनसम्म तथा ब्राजिल र बृटेनकासाथै अष्ट्रेलिया तथा आयरल्याण्डसम्ममा लाखौ लाखको संख्यामा मानिसहरु कतिपय पश्चिमा देशले प्रतिबन्ध लगाउँदा लगाउदै पनि सडकमा उत्रिएर केवल युद्धबन्धको मात्रै होइन पेलेस्टीनहरुको इजरायलद्वारा गरिएको भूमि कब्जा समाप्त गर्न र कब्जा गरेको जमिन पनि फिर्ता गर्न माग गरिरहेका छन् । इजरायलबाट आउने जाने सामानहरु खाशगरेर हतियारहरुको आवागमनका सम्बन्धमा कामदारहरुको जहाजमा राख्ने र निकाल्ने(लोडिङ्ग÷अनलोडिङ्ग गर्ने) काम पजि मनाही गरिदिएको छ । इजरायली सरकारका उच्चाधिकारीहरुका बिरुद्ध इण्टरनेशनल क्रिमिनल कोर्टबाट पक्रउ पूर्जी जारी गरिनु पर्दछ भन्ने माग पनि अब सडक बिरोध प्रदर्शनहरुबाट मात्र होइन, दक्षिण अफ्रिका र कोलम्बिया जस्ता महत्वपूर्ण देशहरुका सरकारहरुको तर्फबाट पनि उठाउन थालिएको छ । कतिपय देशहरुले इजरायलबाट आफ्ना राजनयिकहरुलाई फिर्ता बोलाइसकेका छन् भने कतिपयले इजरायलसँगको सम्बन्ध तोड्ने धम्की पनि दिइरहेका छन् । ठूलो स्तरमा मानिसहरुको राय थाहा पाउने कोशिश गर्ने हो भने के एकदमै प्रष्ट हुन्छ भने जनताको अत्याधिक ठूलो हिस्सा इजरायलद्वारा प्यालेस्टिनहरुमाथि गरिदै गरिएको बर्बर बमबारीका बिरुद्ध छ र पेलेस्टिनहरुको गरीमय मानबीय जीवन बाँच्न पाउने अधिकारको पक्षमा देखिन्छ ।
केवल यूरोपमा मात्र होइन, त्यसका अतिरिक्त अमेरिका भित्र पनि गाजापट्टीका बिरुद्ध इजरायली हमलालाई लिएर मानिसहरुको दृष्टिकोण र सोच आश्चर्यजनक छ । केही समय पहिला रायटर्स÷इप्सोसको सर्बेक्षणबाट थाहा हुन्छ कि इजरायली हमलाप्रति अमेरिकी जनताको समर्थनमा ४१ प्रतिशतबाट घटेर ३२प्रतिशतमा झरेको पाइएको छ । त्यसमा डेमोक्रेटस् तथा रिपब्लिकन दुबैको संख्या बराबर छ । यद्यपि अमेरकाका ठूला राजनीतिक हस्तीहरु युद्ध बिरामको पक्षमा इच्छुक देखिएका छैनन् । त्यस्ता ब्यक्तिहरुमा राष्ट्रपति जो बाइडेन तथा आउदो चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उमेद्वार पनि रहेका छन् । तर समग्रमा अमरिकी जनताको ६८ प्रतिशत हिस्सा युद्ध बिरामको पक्षमा रहेको छ । अन्य सर्बेक्षणहरुले पन यस्तै निष्कर्श निस्कन्छ । यसबाट गाजापट्टीको युद्धका बारेमा अमेरकी जनताको मनोदशा के कस्तो छ भन्ने थाहा हुन्छ ।
अर्कोतिर अमेरिकी काग्रेसका ५३५ सदस्य मध्येमा केवल ३३ तथा सिनेटका १०० सदस्य मध्येमा केवल १ सदस्य मात्रै युद्ध बिरामको समर्थनमा देखिन्छन् । यसबाट त यही साबित हुन्छ कि चुनिएका जनप्रतिनिधि के कस्तो किसिमले आफ्नै निर्वाचक जनताबाट कटिएका छन् । एउटा अर्को तथ्य पनि निकै महत्वपूर्ण छ कि युद्ध बिरामको पक्षमा जो पनि मानिसहरु छन् ती मध्येमा प्राय सबै नै अश्वेत अर्थात काल मानिसहरु छन् ।अमेरिकी काग्रेसकी महिला सदस्य बेक्का बलिंट पहिलो यस्ती महिला यहूदी प्रतिनिधि हुन् जो युद्ध बिरामको मागमा खडा भएकी छन् । उनको के भनाई छ भने यहूदीहरुका बिरुद्ध हिटलरको होलोकास्ट(बिभिषिका)बाट उनी एक पढी टाढा छिन्, जसले उनको परिबारलाई प्रभावित गरेको पारेको थियो । तर गाजापट्टीका निर्दोष नागरिकहरु तथा बाल बच्चाका नृशंश हत्याहरु अत्यन्तै डरलाग्दो र घिलाग्दो कुकृत्य हो, जुन एकदमै अपाच्य र अस्वीकार्य छ चाहे ती बाल बच्चा हुन् या नागरिक जोसुकै हुन् ।
अमेरकी काग्रेसका कुनै पनि निर्वाचित रिपब्लिकन सदस्यले युद्ध बिरामको मागको समर्थन गरेका छैनन् । बरु त्यसको बिपारीत उनीहरु त इजरायलको समर्थन र्यालीमा वाशिङ्गटन डीसीमा जम्मा भएका थिए,जसमा इजरायलका राष्ट्रपति पनि उपस्थित थिए र उनले प्रष्ट भनेका पनि थिए कि गाजापट्टीमा जुन सिभिलियन(नागरिकहरु)लाई निशाना बनाइएको छ तिनलाई ठीकै निशाना बनाइदैछ । यो कुरा बिल्कुलै त्यो ज्ञात यहूदी बिरोधी पोस्टर जान हागीको जस्तै छ जसको मान्यता हो कि होलोकाष्टका लागि यहूदीहरु स्वयं जिम्मेवार छन् । अमेरिकाका धेरैजसो चुनिएका प्रतिनिधिहरुका अतिरिक्त हेजाङ्ग र हाँगी जस्ता मानिसहरुको दृष्टिकोण पूरा बिश्वको मात्रै होइन, अमेरिकाका बहुसंख्यक जनताको नजरमा पनि मेल खाँदैन र ?