काठमाडौं । मंगलबार प्रधानमन्त्री कार्यालयअघि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जनामाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ।
प्रदर्शनका क्रममा पक्राउ परेका माेहन वैद्य नेतृत्वको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ निकट युवाहरू दीपेन्द्रसिंह ऐरी, पदम हमाल र आकाश कार्कीमाथि अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरिएको हो।
प्रधानमन्त्री निवास बालुवाटार र पुलचोकमा प्रदर्शन गर्ने युवाहरू भने छुटेका छन्।