काठमाडौं । काभ्रे, भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने धुलिखेल नगरपालिका-६ ईतोल घर भएका बुद्धराम खड्गीकी छोरी ५ वर्षीया रोजिना खड्गीको सोही ठाउँस्थित इन्द्रावती खोला नजिकै रहेको पानी जमेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ हान्द्रुङस्थित तमोर खोलामा डुबेर माल्टा टाउन बंगाल भारत घर भई सानिमा हाइड्रो पावरमा काम गर्ने २२ वर्षीय मुकेश साहीको आइतबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।