मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहमन्त्रीले लगाए मन्त्री ज्वालालाई बालकुमारी घटनाकाे दाेष

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गृहमन्त्रीले लगाए मन्त्री ज्वालालाई  बालकुमारी घटनाकाे दाेष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनाको ‘दोष’ आफ्नै सहकर्मी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई लगाएका छन्। युवाहरुले विरोध प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला नपुगेको भए परिस्थिति असमान्य नबन्ने गृहमन्त्री श्रेष्ठको धारणा छ।

संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यातायातमन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको जनाए। गृहमन्त्री श्रेष्ठले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे। आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठले जनाए।

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट देखिएको गृहमन्त्री श्रेष्ठले बताए। फायरिङपछि मात्रै गाडी जलेको देखिएको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे।

घटनाका सन्दर्भमा गृहमन्त्री श्रेष्ठको भनाइ :
त्यहाँ आवेदन हामीले पनि पाउनुपर्छ भनेर प्रदर्शन गर्ने, माग राख्नेहरु भइसकेपछि स्थिति के छ भनेर हाम्रो गृह मन्त्रालयको शान्ति सुरक्षा शाखाको प्रमुखले ईपीएस कार्यालयको कार्यालय प्रमुखलाई त्यो दिन प्रारम्भ बिहानमा बोलाएर स्थितिको बारेमा के छ बताउनुस् भनेर भनेको थियो। कसरी हल गर्ने सोच्नुभएको छ भन्दा केही छैन, ३ बजेसम्म बस्छन्, जान्छन् भनेर हल्का जवाफ दिनुभएको रिपोर्ट छ।

हामीले बिहान नै बोलाएका थियौँ। त्यो पनि हामीलाई जवाफ उपयुक्त लागेको छैन। त्यसपछि मन्त्रीज्यूको गाडी त्यहीँ बालकुमारी नजिकै पार्टीको बैठक रहेछ, त्यो बैठकबाट मन्त्रालय जान्छु भनेर निस्किनुभएछ, त्यही बाटोबाट आउनुभएछ। प्रारम्भिक निष्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यू किन आउनुभयो होलारु हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पीएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होलारु किनभने सामान्यतया पिएसओले बाटो चेक गर्छ, रुट क्लियर छ कि छैन भनेर। तर उहाँ आर्मीको सेक्युरिटी गार्ड र नेपाल प्रहरीको पीएसओसहित त्यो बाटो जानुभयो, त्यसकारणले हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन होला, सूचना किन दिनुभएन होलारु त्यसले घटनालाई अर्को मोडतिर लैजान क्याटलिस्ट (उत्प्रेरक) को भूमिका खेलेको छ।

त्यो भन्दाअघि अलिअलि लाठी चार्ज गरेको छ। मन्त्री ज्यूको गाडी आइसकेपछि मन्त्रीज्यू बाहिर निस्किएर सवालजवाफतिर पनि लाग्नुभएछ। त्यसपछि त्यो भएन भनेपछि धकेलाधेल भएको भिडियोमा देखिन्छ। त्यसपछि मन्त्री ज्यूलाई नेपाल आर्मीको बडिगार्डले लिएर जानुभयो र बैठक भएको ठाउँमा पुग्नुभयो। मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमाण्डरहरु त्यो दिशातिर जान खोजे, त्यही क्रममा गोली प्रहार भएको देखिन्छ। एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरु हतियारले लागेको के हो छानबिन समितिले निष्कर्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ।

वैदेशिक रोजगारीअन्तर्गत कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरुले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस०को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए। बालकुमारी–ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत बालकुमारी क्षेत्रमा सडक जाम गरी प्रदर्शन गरेका थिए।

युवाहरुले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए। स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोली समेत प्रहार गरेको थियो।

प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा २ जना युवक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाकाे बैठक बस्दै

१६ घण्टा अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक