एजेन्सी । सन् १९९९ मा आजकै दिन (जनवरी १) मा विश्व व्यापार संगठन (डब्लूटीओ) को स्थापना भएको थियो । विश्वव्यापीकरण र उदारीकरणको पक्षमा क्रियाशील डब्लूटीओको मुख्य कार्यालय स्विट्जरल्यान्डको जेनेभामा छ र यसमा १६४ राष्ट्र सदस्य छन् ।
आजकै दिन : विश्व व्यापार संगठनको स्थापना सन् १९३० को आर्थिक मन्दीका कारण धेरै देशहरू आफ्नो सामान बेच्ने तर अरूको नकिन्ने अवस्थामा पुगे ।
जसका कारण व्यापार अवरुद्ध भयो । त्यसमाथि १९३९ मा सुरु भएको दोस्रो युद्धले विश्व व्यापारिक प्रणालीमा मात्र समस्या नभई एक देशले अर्को देशको मुद्रा साट्ने व्यवस्था पनि बिग्रियो । त्यही भएर सन् १९४४ मा संसारका केही ठूला र धनी देशहरू अमेरिकाको ब्रिटनउड भन्ने ठाउँमा भेला भए ।
जसले ३ वटा संस्थाहरू, इन्टरनेसनल बैंक फर रिकन्स्टक्सन एन्ड डेभलपमेन्ट (आईबीआरडी), अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र अन्तर्राष्ट्रिय व्यापार संगठन (आईटीओ) स्थापना गर्ने निर्णय गर्यो । तर अमेरिकी संसद्ले आईटीओमा सहमति नजनाएपछि दुई संस्था मात्रै स्थापना भए । त्यसैले १९४७ मा २३ देश जम्मा भएर जनरल एग्रिमेन्ट अन ट्यारिफ एन्ड ट्रेड (ग्याट) स्थापना गरे ।
जसको मुख्य काम औद्योगिक वस्तु एक देशबाट अर्को देशमा लैजान सहज बनाउने थियो । तर बिस्तारै सदस्यहरू थपिँदै गएपछि संस्था औद्योगिकसँगै कृषिजन्य वस्तु, विमान सेवा, बैंकिङलगायतका क्षेत्रमा क्रियाशील भयो । जसका कारण ग्याटलाई परिस्कृत गरी १९९५ देखि डब्लूटीओको गठन गरिएको हो ।