काठमाडाैं ।अभिनेत्री बिपना थापा नेपाली चलचित्रमा अभिनयमा पुनः अभिनय गर्ने भएकीछिन् । उनले नेपाली कथानक चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत १३ वर्षपछि अभिनयमा गर्न लागेकी हुन् ।
साे चलचित्रको हाल चितवनमा छायाङ्कन भइरहेको छ । १३ वर्षपछि चलचित्र अभिनयमा फर्किदा आफू भावुक बनिन् ।
मेकअप गर्दै गरेको अवस्थामा बाहिरिएको एक तस्बिरमा उनको आँखामा आँशु झल्किएको देखिन्छ । चन्द्र पन्तको निर्देशन रहेको फिल्म अभिनेत्री नीता ढुंगानाले निर्माण गरेकी हुन् ।
लामो समयपछि चलचिचत्र अभिनयमा जोडिदा पहिलाे पटक चलचित्र खेल्न लागेझै महशुस भएकाे उनले मिडिया सामु प्रतिक्रिया दिएकी छिन् ।