मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

संविधानको मर्म, जनयुद्ध र जनअपेक्षा बुझौं

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । तर, यस अवधिमा सरकारका गतिविधिबाट भने जनता सन्तुष्ट छैनन् । यही क्रममा सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एक सार्वजनिक कार्यक्रममा सुशासन प्रवद्र्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेकी छन् । उनले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको पनि जनाइन् ।

मन्त्री शर्माले यसो भन्दै गर्दा सरकारले संविधानको मर्म, जनयुद्धको लक्ष्य र जनअपेक्षाअनुसार कति काम गर्न सक्यो भन्ने आत्मसमीक्षा गर्न आवश्यक देखिन्छन् । हाल माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । यही माओवादीले ५० को दशकमा देशमा किसान, मजदूर र समाजका अल्पसंख्यक, सीमान्तीकृतका लागि युद्धको घोषणा गरेको थियो । सामन्तवादको अन्त्य, जनताको सरकार र स्वाधीन तथा सार्वभौमराष्ट्रको परिकल्पना गरिएको थियो । तर, पूँजीवादको विरोध गर्ने र समाजवादलाई आफ्नो गन्तव्यमा ठान्ने माओवादी पार्टी अहिले तिनै पूँजीपतिको प्रभावमा परेको छ । यसका नेताहरु नवधनाढ्यको रुपमा उदाएका छन् । यसले जनयुद्धको मर्मलाई माओवादी पार्टी स्वयंले बुझ्न नसकेको स्पष्ट हुन्छ ।

अर्कोतर्फ हाम्रो संविधानमा पनि समाजवादलाई गन्तव्य मानिएको छ । सरकारमा पनि कम्युनिष्ट दलको नेतृत्व छ । तर, अहिले पनि सामान्य आय भएका श्रमिक, मजदूरले साँझबिहान हातमुख जोड्नै सकस छ । किसानले आफ्नो उत्पादनको राम्रो भाउ पाउन सकेका छैनन् । बजारमा बिचौलियाको बिगबिगी छ । शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय क्षेत्रमा चरम लूट छ । तर, सरकार यी समस्या समाधान गर्न भने सफल हुन सकिरहेको छैन । संविधानको मर्मलाई पनि वर्तमान सरकारले आत्मसात् गर्न सकेको छैन ।

देशमा अहिले पनि जनयुद्धकालको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको टुंगा लाग्न सकेको छैन । रोजगारीको अभावका कारण ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका छन् । अध्ययन वा अन्य बहानामा विदेश गएका नेपाली पनि यहाँ सम्भावना नदेखेर उतै स्थायी बसोबास गर्न थालेका छन् । अर्थतन्त्र संकटग्रस्त छ । विप्रेषणमा आधारित अर्थतन्त्र भएकाले त्यसमा समस्या आउनेबित्तिकै देशको अर्थतन्त्र पनि धराशायी हुने निश्चितप्रायः छ । जनताको अपेक्षा देशको अस्थिर राजनीतिको अन्त्य र विकास निर्माण छ । रोजगारी सृजना र लगानीको वातावरणको छ । तर, सरकार त्यही जनअपेक्षा पनि पूरा गर्न सक्ने अवस्थामा छैन । यसबीचमा निश्चित नेता तथा तिनका परिवार र आसेपासेको भने ठूलो प्रगति भएको छ । जनताको अवस्था ज्यूँका त्यूँ नै छ । यही कारण जनताले पुराना राजनीतिक दलप्रति भरोसा गरेका छन् । त्यसैले विशेषगरी माओवादी, जो अहिले सत्तामा छ, उक्त पार्टीले संविधानको मर्म, जनयुद्ध र जनअपेक्षालाई बुझ्न जरुरी छ । विगतमा गरिएका प्रतिबद्धतालाई पूरा गर्न र देशमा विकास निर्माणको वातावरण सृजना गर्नेमा प्रचण्डलगायतले जोड दिन आवश्यक छ । केवल भाषणबाजीमा मात्र होइन, काममा पनि सरकारले आफ्नो तदारुकता देखाउन सके जनअपेक्षा पूरा हुने थियो । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक