काठमाडौं । ईलाम, सूर्योदय नगरपालिका-४ आर्दश टोल बस्ने ५५ वर्षीय वीर तामाङ सोही नगपरालिका-४ तेर्सेस्थित बाँसघारीमा शुक्रबार मृत अवस्थाम फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित प्रतिक्षालयमा हाल नाम,थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, रत्ननगर नगरपालिका-३ बेल्सीस्थित कयरकाली मुकतेश्वर महादेव मन्दिरको धर्मशालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।