काठमाडाैं । काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टीको आयोजनमा आर आर क्याम्पसमा चीनको कम्युनिष्ट आन्दोलन र बिश्व कम्युनिष्ट आन्दोलनमा माओका योगदान बारे मन्थन गरियो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रिय क्रान्तिकारी मोर्चाको एक घटक सदस्यकोरुपमा कार्यक्रमको अध्यक्षको आसनबाट बोल्नु हुँदै कमरेड लोकनारायण सुबेदीले बीसौ शताब्दीकाके कम्युनिष्ट आन्दोलनका एक महान हस्ती माओको योगदानलाई सही किसिमले नबुझिकन नयाँ जनबादी क्रान्तिका समस्या र तिनको समाधानका बारेमा सही दृष्टिकोण् बनाउन र क्रान्तिलाई सही दिशामा हाँक्न तथा राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्या हल गर्न सकिदैन भन्ने कुरा प्रष्ट पार्दै आज कम्युनिष्ट आन्दोलनका सम्बाहकहरुले गम्भीर अध्ययन, चिन्तन र मनन गर्न, शोषित पीडित जनताबाट सिक्न र उनीहरुलाई सिकाउन सकेमा मात्र यसले बिश्वास प्राप्त गर्न सफल हुने र माओको सही अर्थमा स्मरण गरेको कुरा सार्थक हुने औल्याउनु भयो ।
उहाँले हामी द्वन्द्वात्मक भौतिबादीहरुले बस्तुगत अबस्थालाई सही किसिमले बुझेर नै बिश्लेषण र संश्लेषण गर्दै क्रान्तिकारी दिशामा अघि बढनु पर्छ भन्ने कुरामा जोड दिदै नेपालमा कम्युनिष्ट आदोलनको इतिहासदेखि अहिलेसम्मको गम्भीर समीक्षा गर्नु पर्ने कमरेड पुष्पलालले उठाएका महत्वपूर्ण बिषयहरु, किसान संघर्ष, सयुक्त मोर्चा, बामपन्थी एकता संयुक्त जन आन्दोलनका बिषयहरुलाई आत्मात गरेर जानु पर्ने र कम्युनिष्ट आन्दोलनले उठाएका तीन समस्या घरेलु प्रतिकृयाबा अर्थात सामन्तबाद, भारतीय एकधिकार पूजीबादी प्रभूत्वबाद, र बिश्व साम्राज्यबादसँगको नेपालको अन्तरबिरोधलाई चिर्न र स्वाधीन, नयाँजवादी गणतन्त्र नेपाल बनाउदै बैज्ञानिक समाजबादको उच्च चरणमा अघि बढ्ने बाटो तय गर्नु पर्ने कुरा ब्यक्त पार्नु भयो ।
नेकपा (मसाल) का पोलिट ब्यूरो सदस्य क चिन्तामणि पौडेलले नयाँ जनवादी क्रान्ति र बैज्ञानिक समााजबादका लागि माओले अघि सारेका सही अबधारणा र बिकसित गर्नु भएका महत्वपूर्ण मूल्य मान्यताहरुलाई आत्मसात गरेरै मात्र सही दिशामा अघि बढन सकिने महत्वपूर्ण भावना ब्यक्त गर्नु भयो ।
नेकपा (रातो तारा)का महासचिव क.लक्ष्मण उप्रेतिले मााओको दर्शन र बिचारका आधारमा कमरेड पुष्पलालले अघि सारेकाके नयाँ जनवादी क्रार्यक्रम मूलतः ठीक प्रमाणित भएको र त्यसकै वरिपरी गोलबन्द हुँदै क्रान्तिकारी कम्युनिष्टहरू एक हुनु पर्ने आजको आवश्यकता हो भन्नु हुदै माओ बिचारधारा र आफ्नो पाार्टीका नीतिका बारेमा लिखित अबधारणा सुनाउनु हुँदै कम्युनिष्ट एकतामा जोड दिनु भएको थियो ।
बामन्थी बुद्धिजीवी क. डा.मोहन खतिवडाले सही दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिको आधारमा एउटै पार्टी बनाउँदै जनतालाई साथ लएर क्रान्तिकारी दिशामा अघि बढ्न बिलम्ब भइसकेको कुरा राख्नु भयो ।
जनबादी मोर्चा नेपालका संयोजक क. डा. शम्भू कट्टेलले नयाँ जनबादी आन्दोलनले पूर्णता पाइ नसकेको कुरा उठाउँदै कम्युनिष्ट पार्टीले मूलतः ग्रामीण जनतामा आधारित भएर उनीहरुका राजनीतिक, आर्थिक समस्यालाई उठाउँदै अघि बढ्ने नीति नलिएसम्म कम्युनिष्ट आन्दोलनले सही दिशा पक्रदैन भन्नु भयो ।
राजनैतकि सम्बाद थालनीका संयोजक क. संगीत श्रोताले माओका जन्म जयन्तिको सन्दर्भमा माओले कम्युनिष्ट आन्दोलनको रक्षा र बिकासमा पुर्याउनु भएकाके योगदान बारे यस्तो किसिमको मन्थन र परस्पर बिचारको आदानप्रदानले क्रान्तिकारी दृष्टिकाकोण, बिचार, सिद्धान्त र नीतिलाई अझ उन्नत तुल्याउन र सही बाटो लाग्न मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
स्वतन्त्र बापन्थी बुद्धिजीवी क. पुष्कर गौतमले सही ज्ञानको कमीले बस्तुतस्थितिको सही आकल हुन नसक्नदा बिश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि बिचलन आएको र क्रान्ति सम्पन्न गर्न अबरोध पैदा भएको महत्वपूर्ण कुरा राख्नु भयो र पेरिस कम्युन, अक्टोबर समाजबादी क्रान्ति, चीनको नयाँ जनबादी क्रान्ति, भियतनाम र क्यूवाको क्रान्ति किन सफल भए तर अन्यत्रका क्रान्तिहरु किन असफल भए भन्ने उदाहरण दिनु भयो ।
राष्ट्रिय जन सरोकार अभियानका नेता यशु चौलागाईले परिबर्तित सन्दर्भमा सही बर्ग बिश्लेषणमा रहेको कमजोरी र सही कार्या दिशाको अभाबमा नेपालको कम्युनिष्ट आन्दोलन अल्मलिएको र यसको निराकरण बिना यो सही किसिमले अघि बढन नसक्ने कुरा ब्यक्त गर्नु भयो ।
नेकपा-मार्क्सबादी पुष्पलाल)का बरिष्ठ नेता क. अच्युतराज ज्ञवालीले हामी ठिक ठाउँमा उभ्भिन नसकेको, साना साना टुक्रामा बिभजित हुन पुगेको र बिचारधारा कि बाद भन्ने कुरा उठिरहेकोले बिचारधारा र बादका बारेमा प्रष्ट हुन पर्ने आवश्यकत छ र यसलाई सही बस्तुगत किसिमले सुल्झाउनु पर्दछ भन्नु भयो ।
मार्क्सबादी एकता अभियानका नेता श्रीक्रान्त पण्डितले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थिति गम्भीर खोज आनुसन्धान बिना समस्याको सही पहिचान र त्यसको सही समाधान कम्युनिष्ट आन्दोालनले पहिल्यााउन सक्तैन भन्ने महत्वपूर्ण कुरा राख्नु भयो ।
नेपाली जन आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति मौन धारण र कमरेड माओको सम्मानमा क्रान्तिकारी लाल सलाम प्रकट गर्दै शुरु भएको कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य क. डा. महेतन्द्र जोशीले गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चाका पूर्ब संयोजक क. नारायण शर्मा लगायत मोर्चा घटकका बिभिन्न नेताहरूको पनि उपस्थिति रहेको थियो ।