शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा एपिएफ निरन्तर जित, मधेशको पहिलो जित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा  एपिएफ निरन्तर जित, मधेशको पहिलो जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विभागिय क्लब एपिएफले आफ्नो अपराजित यात्रा चौंथो खेलमा पनि जारी राखेको छ। सोमबार भएको खेलमा एपिएफले तीन खेलसम्म अपराजित रहेको कोशी प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो लगातार जित यात्रा जारी राख्यो। सोमबारनै लगातार ३ खेलमा पराजित भएको मधेशले आफ्नो पहिलो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई २७ रनले हरायो।

प्रतियोगिता अन्तर्गतनै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३० रनले हरायो। कर्णालीको यो लगातार चौंथो हार हो। त्यस्तै सुदुरपश्चिम प्रदेशले बागमतीमाथी ६ विकेटको जित निकाल्दा सहभागि सबै ८ टिमले ४ खेल पुरा गरेका छन्।

सोमबार टियू मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। उसका लागि कप्तान सरस्वती जिएमले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा आश्मा पुलामी मगरले २५ तथा चमेली चौधरीले १८ रन बनाएकी थिइन्। जवाफमा कर्णाली प्रदेश निर्धारति २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमा समेटियो। उसका लागि गौरी बोहराले २२ र यमुना थारुले २१ रन बनाउनु सर्वाधिक रह्यो।

त्यस्तै कीर्तिपुर मैदानमानै भएको अर्को खेलमा बागमती प्रदेशलाई सुदुरपश्चिमले ६ विकेटले हरायो। बागमतीले पहिले ब्याटिङ गर्दै ८७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य सुदुरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍याे। सुदूरको जितमा विन्दु रावलले २८ रन बनाउँदा कविता जोशी २७ रनमा अविजित रहिन।

त्यस्तै मुलपानि मैदानमा भएको दिनको पहिलो खेलमा मधेशले गण्डकीलाई पराजित गर्दै पहिलो जित निकाल्यो। पहिले ब्याटिङ गर्दै पुजा महतोको ३८ रन र सरस्वती कुमारीको २६ रनको नटआउट इनिङमा मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। जवाफमा गण्डकी १९।४ ओभरमा ८५ रनमा अलआउट भयो। गण्डकीका लागि सुमन खतिवडाले ४२ रन बनाउनु सर्वाधिक रह्यो।

मूलपानीमै भएको दिनको दोस्रो खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले अर्को अपराजित टिम बागमतिको निरन्तर जित यात्रा अन्त गर्यो। कोशीले पहिले ब्याटिङ गरदै निर्धारित २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो। उसका लागि कप्तान रुविना क्षेत्रीले ४१ र काजल श्रेष्ठले २५ रनको नटआउट इनिङ खेल्दा अप्सरी बेगमले १३ रन बनाइन्। जवाफमा एपिएफले उक्ल लक्ष्य १५ बल बाँकी हुँदा २ विकेट गुमाएर पुरा गर्‍याे। एपिएफको जितमा इन्दु वर्मा ३६ रनमा नटआउट रहँदा कप्तान सिता रानामगरले १८ तथा ज्योति पाण्डेले २४ रन बनाइन्। त्यस्तै रोमा थापा १० रनमा अविजित रहिन्।

यो पनि पढ्नुहोस्

साफ  यू-२० महिला च्याम्पियनसिप जितेर फर्कने

साफ यू-२० महिला च्याम्पियनसिप जितेर फर्कने

१ दिन अगाडि
फिफामा नेपाल १७६औं स्थान

फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान तल

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक