शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेवा मिसा पुचः कास्कीकाे आयोजनामा याेमरी प्रतियाेगीता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेवा मिसा पुचः कास्कीकाे आयोजनामा याेमरी प्रतियाेगीता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की । नेवार समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा छ ।

नेपाल भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ ।

पुचःले सोमबार पोखरा महानगरपालिका–४ सँगको सहकार्यमा पोखरामा यःमरी सांस्कृतिक महोत्सव तथा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २० समूहको सहभागिता रहेको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले जानकारी दिइन् ।

महोत्सवले युवापुस्तामा यःमरीको महत्व बुझाउन सहयोग पुगेको उनले जनाइन् । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उनको धारणा छ । ‘नयाँ धानको पहिलो परिकारका रुपमा यःमरी बनाइन्छ’, अध्यक्ष बज्राचार्यले भनिन्, ‘मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको यःमरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।’

पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन रहेको छ । यसरी चढाएको यःमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रहेको अध्यक्ष बज्राचार्यले जनाइन् ।

नेवार समुदायमा महत्व बोकेको यःमरीलाई औषधिका रुपमा पनि प्रयोग गरिने महोत्सव संयोजक भवानी माकाजुले जनाइन् । ‘यःमरी औषधिका रुपमा पनि खाने प्रचलन छ’, उनले भनिन्, ‘यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन पनि सहयोग गर्छ ।’

परम्परागत परिकार जोगाउन पोखरा महानगरपालिकाले पनि साथ दिएको पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जनाए । वडा कार्यालयले कला र संस्कृतिको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले यःमरी जोगाउन प्रयिोगिता आयोजना गरेको उनको धारणा छ । ‘पोखराको पुरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ’, वडाध्यक्ष पराजुलीले भने, ‘यःमरीलाई पर्यटनसँग जोड्न र संरक्षण गर्न महोत्सवको आयोजना गरेका हौँ ।’ यो परिकार संरक्षणका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले जनाए ।

नेवा मिसा पुचः कास्कीले आगामी दिनमा जिल्लामा भएका सबै सदस्यलाई यःमरी बनाउन सिकाउने योजना बनाएको छ । सबै पोख्त भएपछि यसलाई व्यावसायिकीकरण गरिने भएको छ ।

यःमरी प्रतियोगितामा कर्माचार्य मिसा पुचःले पहिलो हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । दोस्रो भएको जिरो मालेपाटन पर्स्याङ मिसा पुचले सात हजार, तेस्रो भएको बगर मिसा पुचले पाँच हजार र चौथो भएको शिशुवा मिसा पुचले तीन हजार रुपैयाँ पाए ।

यो पनि पढ्नुहोस्

सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने आदेश खारेज

सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने आदेश खारेज

११ घण्टा अगाडि
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक