आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हात्तीकाे आतंक नियन्त्रण गर्न धपाउन ड्रोन प्रयाेग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
हात्तीकाे आतंक नियन्त्रण गर्न धपाउन ड्रोन प्रयाेग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् ।

बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो । सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए । ‘एम्बुलेन्स र दमकलको साइरनबाट भाग्ने हात्ती अहिले थेतरो भएछन्, भाग्नै छाडे,’ उनले भने, ‘ड्रोनको प्रयोग गर्दा बस्ती निस्किएका हात्ती जंगलतर्फ भागिरहेका छन्, कति प्रभावकारी हुन्छ हेरौं ।’ करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ ।

स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ । अनिल प्रधानसहितको टोलीले साइरन जडान गरिएको ड्रोनबाट हात्ती धपाइरहेका छन् । साइरन जडान गरिएको ड्रोनले हात्ती भगाउन सजिलो पनि भएको छ । उनका अनुसार साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ । हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको प्रधानले जनाए ।

ड्रोनबाट बस्ती र बालीनालीमा पस्ने हात्ती धपाउन सजिलो हुने उनको अनुभव छ । भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ ।

हात्तीको आक्रमणबाट ४ पुसमा हल्दिबारी गाउँपालिका–२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको थियो । मंसिर १८ गते बेलबारी १० भाउन्नेमा ५३ वर्षीय कमल माझीको मृत्यु भएको थियो । १५ मंसिरमा झापाको हल्दिबारी–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई डिउटीमै रहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । १३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको थियो ।

५ मंसिरमा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट तीन जिल्लामा ६ जना घाइते भएका छन् । हात्तीकै कारण झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा गरी ३७ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

६ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक