काठमाडाैं । यो साताको सोमबार र मङ्गलबार सेयरबजार बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेको बिदाको सूचीमा सोमबार क्रिशमस डे र मङ्गलबार उधौली पर्व तथा योमरी पुन्ही पनि रहेका छन् । यस कारण भोलि र पर्सि सेयर कारोबार नहुने भएको हो । यो साता तीन दिन मात्रै सेयर कारोबार हुने भएको छ । आगामी आइतबार पनि तमु ल्होसारको उपलक्ष्यमा सेयरबजार बन्द रहनेछ ।