बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुग्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । हालै रुवान्डासँग सातामा १४ उडान गर्ने गरी सम्झौता भएसँगै उक्त देशमा बिनारोकतोक नेपाली वायु सेवा कम्पनीले उडान भर्न पाउने छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी माघ तेस्रो सातासम्म थप दुई मुलुकसँग द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भन्नुभयो, “रुवान्डासँग दुवै देशका वायु सेवा कम्पनीले सातामा १४/१४ उडान गर्ने गरी सम्झौता भएको छ । माघ तेस्रो सातासम्म स्विट्जरल्यान्ड, इन्डोनेसियासँग काठमाडौँमा द्विपक्षीय हवाई सम्झौता गर्न मन्त्रीपरिषद्को बैठकबाट स्वीकृति पाइसकेका छौँ ।” उहाँले नेपाल र रसियाबिच द्विपक्षीय हवाई सेवा सम्झौताको समेत समन्वय भइरहेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार रुवान्डासँग काठमाडौँमा बढीमा सात वटा र थप सात वटा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने गरी हवाई सम्झौता भएको छ ।

नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता र युरोपियन युनियनसँग बहुपक्षीय सम्झौता गरे पनि १३ वटा मुलुकमा मात्रै उडान गरिरहेको छ । नेपालले सन् १९९५ देखि एकल र बहुपक्षीय उडान गर्ने गरी सम्झौता गर्दै आएको छ । यसबाट अन्तर्राष्ट्रिय उडानमा एकतर्फी करिब ८० लाख हवाई सिट उपलब्ध रहे पनि सञ्चालित उडानबाट करिब ३० लाख हवाई सिट मात्र उत्पादन हुन सकेको छ । हाल नेपालबाट अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान अनुमति पाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका आठ वटा जहाजले हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले हाल आठ वटा देशका १० वटा गन्तव्यमा उडान गर्दै आएको छ। हिमालय एयरलाइन्सले सात वटा देशमा उडान गर्दै आएको छ । आन्तरिकतर्फ भने नौ वटा कम्पनीका ५३ वटा जहाज र ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर रहेका रहेका छन् ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

९ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक