बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थारु र मगर भाषालाई कामकाजको मान्यता दिन पहल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
थारु र मगर भाषालाई  कामकाजको मान्यता दिन पहल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल मगर संघले दाङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन मेरोतर्फबाट पहल लिन्छु,’ उनले भने, ‘सरकारले यो विषयलाई प्राथमिकता दिन्छ।’

यस्तै, मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनको बजारीकरण गर्ने जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता पनि व्यक्त गरे। थारु, मगरले उत्पादन गर्ने स्थानीय मदिराको बिक्री वितरण र ब्राण्डिङ गर्न काम गरिरहेको जानकारी दिए।

‘कोदो, अनदी, मौवाबाट बनाइने स्थानीय मदिरालाई ब्राण्डिङ्ग गर्ने काममा प्रदेश सरकार लागेको छ। यसबाट आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘कसैले स्थानीय उत्पादित मदिरा नष्ट गर्छ, दुःख दिन्छ भने प्रदेश सरकारले एक्सन लिन्छ। कसैले दुःख दिए हामीलाई भन्नुस्।’

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बलिदानीको जगमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न जरुरी रहेको बताए। धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, लोकतन्त्र संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको संस्थागत विकास र संरक्षणको लागि सबै एकठाउँमा उभिनुपर्ने बताएका हुन्।

‘परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा अहिलेको प्रमुख सवाल हो,’ उनले भने,’यसको संरक्षणमा तपाईं हामीले फेरि खबरदारी गर्नुपर्ने बेला आएको छ।’ मगर समुदायले मगर र थारु भाषालाई सरकारी कामकाजको बनाउन माग राखेका थिए।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक