शुक्र, असार २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनएसएलको लिग चरण रोमाञ्चक बन्दै ,चार खेलपछि लाग्नेछ च्याम्पियनको टुङ्गो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
एनएसएलको लिग चरण रोमाञ्चक बन्दै ,चार खेलपछि लाग्नेछ च्याम्पियनको टुङ्गो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण धेरै रोमाञ्चक भयो । अलिकति ड्रामा, एक्साइटमेन्ट, खेलाडीबीच कडा प्रतिस्पर्धा र केही अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक बनेको थियो ।

ठीक एक महिनाअघि एनएसएलको दोस्रो संस्करण सुरु भएको थियो । ९ टोलीले प्रतिस्पर्धा गरेको एनएसएलको लिग चरणको ३६ खेलपछि शीर्ष चारमा रहेर प्लेअफ खेल्ने टोलीको टुङ्गो लागेको छ ।

जसमा छन् पोखरा थण्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी । रमाइलो संयोग के छ भने पोखरा बाहेक बाँकी तीन टिम लगातार दोस्रो पटक प्लेअफ पुगेका हुन् ।

यसअघि २०७८ मा भएको पहिलो संस्करणमा काठमाडौंले उपाधि जितेको थियो । धनगढी उपविजेता बन्दा ललितपुर तेस्रो भएको थियो । त्यसबेला बुटवल-लुम्बिनी पोखरा थण्डर्सलाई गोल अन्तरमा पछि पारेर प्लेअफ पुगेपनि एलिमिनेटरमा हारेपछि चौथो भएको थियो ।

तर, यसपटक पोखरा लिगमै शीर्ष स्थानमा रहेर प्लेअफ पुग्ने पहिलो टोली बनेको थियो । अन्तिम दिन साविक विजेता काठमाडौंसहित ललितपुरले पनि प्लेअफमा स्थान पक्का गरे ।

यस सिजन प्लेअफमा पुग्ने टोलीको अन्तिम टुङ्गो अन्तिम खेलको नतिजापछि नै लागेको थियो ।

पोखरा ८ खेलबाट ४ जित तीन बराबरी र एक हारसहित १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । धनगढीले ८ खेलमा तीन जित चार बराबरी र एक हारको नतिजाबाट १३ अंक जोडेर दोस्रो भयो । अन्तिम खेल जित्दै तेस्रो जित हात पारेको काठमाडौं तीन जित ३ बराबरी र दुई हारको नतिजाबाट १२ अंक जोडेर तेस्रो भयो ।

अन्तिम दुई खेल लगातार हारेपनि भाग्यमानी बनेको ललितपुर दुई जित चार बराबरी र दुई हारको नतिजाबाट १० अंक जोडेर चौथो भयो ।

ललितपुरसहित झापा एफसी र बुवटल लुम्बिनीको पनि समान १० अंक थियो । तर, ललितपुरले झापालाई गोल अन्तरमा पछि पार्‍यो भने बुटवललाई हेड टु हेडमा पछि पार्‍यो ।

अब प्लेअफमा फाइनलसहित कुल ४ खेल हुनेछन् ।

जसमा शीर्ष दुई टोली पोखरा र धनगढीबीच सोमबार पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सीधै फाइनल पुग्नेछ । त्यसैले शीर्ष दुईमा रहने टिमलाई धेरै फाइदा हुन्छ । किनकि पराजित हुने टोलीले पनि अर्को क्वालिफायरमा खेल्ने अवसर पाउँछ ।

लिग चरणमा पोखरा र धनगढी आफ्नो अन्तिम खेलमा भिडेका थिए । जहा धनगढीले सुरुमा अग्रता लिएको थियो तर पोखराले इन्जुरी टाइममा गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।

यस्तै तेस्रो भएको काठमाडौं र चौथो भएको ललितपुरबीच मंगलबार एलिमिनेटर हुनेछ । यो खेलमा भने विजयी हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ ।

काठमाडौं र ललितपुरबीच लिग चरणको अन्तिम खेल भएको थियो जहाँ काठमाडौंले ललितपुरलाई १(० ले पराजित गरेको थियो ।

पोखरा र धनगढीबीचको खेलमा पराजित हुने टोली र काठमाडौं र ललितपुरबीच विजयी हुने टोलीले आउने बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

प्लेअफका चारै खेलका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेमेन्टले खेल समय पनि परिवर्तन गरेको छ । यसअघि साँझ ५ बजे खेल सुरु भएपनि अब प्लेअफमा आधा घण्टा ढिला अर्थात साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।

दुवै क्वालिफायरको विजेताबीच आउने शनिबार फाइनल खेल हुनेछ । यस पटक च्याम्पियन हुने टोलीले करिब ७५ लाख नगद पुरस्कार पाउनेछन् ।

यो पनि पढ्नुहोस्

साफ  यू-२० महिला च्याम्पियनसिप जितेर फर्कने

साफ यू-२० महिला च्याम्पियनसिप जितेर फर्कने

१ दिन अगाडि
फिफामा नेपाल १७६औं स्थान

फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान तल

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक