काठमाडौं । माल्टा पठाइदिन्छु भनेर ९ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
खोटाङको खोटेहाङ गाउँपालिका ७ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वीरेन्द्र उदासले सविता गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ९ लाख ठगी गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।
उदासले गुरुङलाई माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनि मासिक ३ लाख तलब हुन्छ भनेर विश्वास दिलाइ प्रलोभनमा पारेको प्रहरीको भनाइ छ। उनले पटक–पटक गरी ९ लाख लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।