बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेक्सवर्थ फाउन्डेशनबाट स्थानीयहरु लाभान्वित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मेक्सवर्थ फाउन्डेशनबाट स्थानीयहरु लाभान्वित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लंडनस्थित कल्याणकारी संस्था मेक्सवर्थ फाउन्डेशनले नेपाल, युक्रेन लगायतका मुलुकमा संचालित परियोजनाबाट स्थानीय समुदाय लाभान्वित भएको जनाएको छ।

उक्त फाउन्डेशनका अनुसार अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१ जी१ संग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा उसका संचालन गरेका ७५ ओटा परियोजना योजनाबाट हजारौं मानिसहरु लाभान्वित भएका छन्।

लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले इकोलोजाइसंग समन्वय गरी विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६,२४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको बताए । उनले आफ्नो संस्थाले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना बनाएको पनि जनाए।

हालै रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक  युक्रेनको  पश्चिमी प्रान्त चर्निफ्त्सी पुगेर फर्केका शाहले त्यहाँ स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको बताए।  “मानवताको कुनै सीमा हुँदैन ।  युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई  हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं,” उनले भने।

“अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं  व्यक्तिहरु लाभान्वित भएका छन्।  हामीले प्रत्येक वर्ष  नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भने।

मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा  आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा  रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो।  त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो।

“सन् २०२४ मा हामीले लन्डनमा झन्डै ३०० सहभागीहरुको उपस्थितिमा एउटा च्यारिटी बल कार्यक्रम गर्ने योजना बनाएका छौं।  उक्त कार्यक्रमबाट संकलित सम्पूर्ण रकम  मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गरिनेछ।  त्यस्तै आउँदो वर्ष मेक्सवर्थ फाउन्डेशनलाई युकेको च्यारिटी कमिशनमा दर्ता गर्ने योजना रहेको छ।  साथै अफ्रिकाको कुनै एउटा मुलुकमा कल्याणकारी कार्यक्रम संचालन गर्ने पनि हाम्रो योजना छ,” शाहले भने।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

४ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक