बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर–धार्मिक आयोग गठनमा पहलकदमी लिन आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अन्तर–धार्मिक आयोग गठनमा पहलकदमी लिन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । संघिय सांसद तथा पूर्व मन्त्री एकनाथ ढकालले धार्मिक क्षेत्रका विभिन्न अगुवाहरुसंग अन्तरक्रिया गरेका छन् । ढकालको सचिबालयद्वारा ललितपुरको आयोजित छलफलमा सांसद ढकालले देशमा सामाजिक सदभाव अभिबृद्धि गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपुर्ण हुन्छ भन्दै समयको संकेत र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न धार्मिक गुरुहरुले विवेकको प्रयोग गर्नु पर्नेमा जोड दिएका छन् । सांसद ढकालले धार्मिक क्षेत्रले समाजमा नैतिक कम्पासको रुपमा काम गर्नु पर्छ भन्दै  युबाहरुलाई धार्मिक  क्षेत्र प्रति घट्दै गएको विश्वाशको अभिबृद्धि गर्न धार्मिक अगुवाहरुले आफ्नो दैनिक दिनचर्यामाआ–आफ्नो धर्मका शिक्षाहरुको सहि अभ्यास गर्नु पर्ने बताए ।  ढकालले एक धर्मालम्बिले अर्को धर्मालम्बीलाइ सहर्ष स्वीकार गर्ने, एक–आपसमा सम्मान गर्ने र कुनै एक धर्म माथि आक्रमण हुदा सबै धर्म एक भएर सामना गर्ने सहयोगी सस्कारले मात्रै धार्मिक क्षेत्रले आफ्नो ऐतिहाँसिक दायित्व बोध गर्न सक्ने बताए ।

सांसद ढकालले नेपालमा बसोबास गर्ने जुनसुकै धर्मालम्बी भएपनि नेपालको मौलिक पहिचान भने अङ्गीकार गरि धर्मगुरुहरु अन्तर्राष्ट्रिय स्तरमा देशको सदभावना दुतको रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका नेता  ढकालले धार्मिक क्षेत्रलाई “सफ्ट पावर“ अथवा “नरम शक्ति“ को रुपमा राज्यले शान्ति स्थापनार्थ पनि सदुपयोग गर्नु पर्ने बताउँदै नेपाल धार्मिक सदभावको हिसाबले अनुकरणीय रहेका बताए । धर्मका नाममा हुने द्वन्द्वलाई रोक्नुपर्नेमा जोड दिदै धार्मिक समुह एक अर्काको प्रतिस्पर्धी नरहेको पनि बताए ।
सांसद ढकालले आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि कसैको मौलिक अधिकार हनन गर्न नहुने स्पष्ट पारे । नेपालमा पनि धार्मिक र सांस्कृतिक द्धन्द्ध बढ्दै गरेकाले समाजमा सकारत्मक चेतना दिनु आवश्यक रहेको उनले बताए । सांसद ढकालले राज्य र सरोकारवाला निकायहरुले नदेखेको कुरा धार्मिक गुरुहरुले देख्न सक्ने भएकोले धार्मिक क्षेत्र र राज्यबीच नजिकको सम्बन्ध हुनु पर्नेमा जोड दिए ।

अन्तरधार्मिक संवाद कार्यक्रमका बक्ताहरुले  धार्मिक क्षेत्रको मुद्दाहरु हेर्न “अन्तरधार्मिक आयोग“ गठन गर्न पहलकदमी गरिदिन पनि सांसद ढकाललाई आग्रह गरे  ।  कार्यक्रमममा बोल्दै डा महेन्द्र भट्टराईले  धार्मिक क्षेत्र राजनीति मुक्त हुनुपर्नेमा जोड दिए ।  डा केबी रोकायाले बढ्दै गएको सामजिक बिकृति र विसंगति रोक्न  धार्मिक क्षेत्रको नेतृत्वदायी भूमिका रहने बताए ।

मुस्लिम आगुवा नजरुल हुसेनले धार्मिक सस्थाहरुको पहिचान सहित राज्यले दर्ता गर्नु पर्ने बताउदै मृत्यु परान्त दाहासस्कारको लागि आबस्यक जमिन उपलब्ध गराउन राज्यले सहजीकरण गर्नु पर्ने बताए ।  बुद्धिस्ट आगुवा धर्ममुर्ती भिक्षुले सरकाले धेरै आयोग गठन गर्नु भन्दा “अन्तरधार्मिक आयोग“ गठन गरि धार्मिक क्षेत्रको मुद्धाहरु उठाउनु पर्नेमा जोड दिए । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीले समाजमा धर्मको नाममा विभिन्न हिंसाहरु हुने र त्यसलाई नियन्त्रण गर्न धर्म गुरुको महत्वपूर्ण भूमिका रहने बताउदै आफ्नो नगरपालिकाको पहलमा निर्माण हुने अन्तरधार्मिक स्मारकलाइ सहयोग गर्न अपिल गरे ।

कार्यक्रममा हिन्दु अगुवाहरु पण्डित केशव प्रसाद चौलागाई, रामचन्द्र भण्डारी र  प्राध्यापक स्वामी आन्नन्द बिनोद, बुद्धिस्ट अगुवाहरु  धर्ममुर्ती भिक्षु  र मुस्लिम अगुवाहरु नजरुल हुसेन, अथर अलि फलाही र अधिकारकर्मी सीमा खान, किरात अगुवा तथा अन्तरधार्मिक शान्ति संघ नेपालका अध्यक्ष राम भक्त कुरुम्बाङ्ग, बुद्धिजिबी तथा इशाई अगुवाहरु डा. केबी रोकाय र डा महेन्द्र भट्टराई, नेपोलियन राइ, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका अध्यक्ष प्रकाश बाबु थापा, डा पियारत्न मर्हजन, संचारकर्मी तथा कानुन ब्यबशायी अधिवत्ता बिष्णु गिरी, लगायत तीन दर्जन धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।

अन्तरधार्मिक संवादको आयोजना संघिय सांसद एकनाथ ढकालको सचिबालयद्वारा  गरिएको थियो । सांसद ढकाल बिगत दुइ दशक देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा शान्तिको लागि अन्तरधार्मिक आन्दोलनको पहलकदमी लिदै आएका छन् ।  सांसद ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सदस्य समेत हुन् ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

८ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक