काठमाडौं । प्रभासको आगामी चलचित्र ‘सालार’को रिलिज २२ डिसेम्बरमा हुँदैछ। यो चलचित्रले बक्स अफिसमा शाहरुख खानको फिल्म ‘डिंकी’सँग प्रतिस्पर्धा गर्नेछ।
‘सलार’लाई केजीएफ फेम प्रशान्त नीलले निर्देशन गरेका हुन् भने ‘डिंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन्।
यसैबीच प्रभासले चलचित्र ‘सलार’का लागि लिएको पारिश्रमिकबारे खबर बाहिर आएको छ। उनले चलचित्रका लागि करिब १०० करोड पारिश्रमिक लिएका छन्।
यसबाहेक, उनले चलचित्रको नाफामा पनि हिस्सा पाउनेछन्। जसमा उनको पारिश्रमिकको करिब १० प्रतिशत समावेश छ।


