बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दूरसञ्चार प्राधिकरणमा प्रम जोडिनु अनावश्यक : रवि लामिछाने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दूरसञ्चार प्राधिकरणमा प्रम जोडिनु अनावश्यक : रवि लामिछाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रधानमन्त्री जोडिन जरुरी नभएको जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारको विषयमा प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको भनी प्रश्न उठाएका हुन् ।

‘दूरसञ्चार प्राधिकरणको जुडिसरीमा परेको कुरालाई पनि प्रधानमन्त्रीलाई ड्र्याग गर्नुको कारण के हो ? प्रधानमन्त्री किन ड्र्याग भइरहेको यहाँ ?’ रविले प्रश्न गरे ।

राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायतलाई बोलाइएको थियो । रविले सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै दूरसञ्चार प्राधिकरणलाई कानुनले दिएको अधिकार अनुसार काम गर्न किन नदिएको भनी प्रश्न गरे ।

एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । तर रविले दूरसञ्चार क्षेत्रको नियामक निकायले गर्ने काममा समिति गठन गरेर सरकारले बेठीक गरेको जनाएका हुन् ।

सञ्चारमन्त्रीलाई उनले भने, ‘तपाई मातहतको प्राधिकरणको क्षेत्राधिकार हो कि होइन, कानुन पल्टाउनुस् सहयोग चाहिए भन्नुस् ।’ सरकारी निकायलाई आफ्नो काम गर्न नदिएर निकम्मा बनाउन खोजिएको उनले जनाए । अर्बौं नाफा कमाउने एनसेल खरिद बिक्री हुँदा कर तिर्नुपर्छ भन्ने सामान्य विषय भएको भन्दै उनले यसमा सरकारले समिति गठन गर्नै नपर्ने  जनाए ।

‘हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं । हरेक कुरामा समिति बनाउनुपर्ने, अविश्वासको वातावरण सिर्जना गर्नुपर्ने, सञ्चार मन्त्रालय अन्तर्गतको प्राधिकरणले गर्न कुन कानुनले रोक्यो ?’ रविले प्रश्न गरे ।

दूरसञ्चारसम्बन्धी कानुनमा विदेशी लगानीको कम्पनी २५ वर्षपछि सरकारको मातहत आउने व्यवस्था छ । तर यस्ता कम्पनी २५ वर्ष पुग्न एक हप्ता बाँकी हुँदासम्म स्वामित्व हस्तान्तरण गर्न पाउने व्यवस्था कानुनमा राखिएको भन्दै रविले भने, ‘यो संशोधन गर्न हामी तयार हो कि होइन ?’

एनसेल खरिदकर्तामा नेपालको राजनीतिक र प्रशासनिक संरचना तथा अदालतलाई प्रभाव पार्न सकिने आत्मविश्वास देखिएको पनि रविले जनाए ।

यो पनि पढ्नुहोस्

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण

२ दिन अगाडि
जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक