काभ्रे । समाजसेवी एवम् दया, माया करूणाकि खानी एवम् आपतविपतकी देवी माता मनकामना जेन्नी श्रेष्ठले ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल भाइरस ‘सरिता बाजे’ लाई दान शनिबार मंसिर ३० गते हस्तातरण गरेको छ ।
‘सरिता बाजे’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर दुहुना गाईलाई ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालकी अध्यक्ष माता मनकामना जेनि श्रेष्ठले विशेष पूजाआजा गरेर गाई हस्तातरण गरिएको थियो ।
भाइरल सरिता बाजेको मुख्य आर्य आर्जनको स्रोत कृषि रहेको तथा मध्यम वर्गीय परिवारमा जन्मिएका बाजेलाई आफुले दुखः हेर्न नसकेर गाई दान गारिएको माता मनकामना जेनि ट्रष्टका पुर्व अध्यक्ष नेपालका राम कुमार खड्गीले जनाए ।
आजभन्दा करिब ६ महिना अगाडि दुध दुहुने गाई वितेकोमा अहिले दुधुदुहुने बाच्छि सहित गाई आफुले कोशेलीको रुपमा पाएकोमा दुखेको घाउमा महलहम लगाउने कार्य गरेकोमा एक दम खुशी लागेको जनाउँदै सधैं भगवान् जस्तो हेर्न पाउ, सधै भेटि रहन पाइरहोस् तथा माता मनकामनाले जे हुन्छ आफुलाई लागेकाेले आफु पर्खि बसेको जनाउँदै गाई पाएकोमा अत्यन्त खुशी लागेकाले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई सरिता बाजले हृदयदेखि धन्यवाद दिए ।
माता मनकामना जेनि श्रेष्ठले मैले गाई दिन्छु भनेको वाचा अनुरुप आज सरिता बाजेको गोठमा गाई आएको हुँ। तसर्थ दुखी भएर नरोइकन गाईलाई राम्ररी बेलैमा खाना खुवाउने, हेरविचार, सुस्याहार गरेर केही तपाईलाई पुग्ने दुध खानुहोस् पहिला त्यसपछि बचेको दुध बेच्न अनुरोध गरिन् ।
गाई दान कार्यक्रममा जुंगे बा र सरिता बाले मन्त्र मुग्ध पार्ने सरिता कति राम्रो मायाको बोली लगायतकाे गीत गाउनु भएकाे थियाे ।
करिब ९ बर्षदेखि मानवीय तथा समाज सेवा सर्मपित ऊँ माता मनकामना जेनि टष्टले आज भन्दा दुई बर्ष अगाडिदेखि ऊँ माता शक्तिशाली दियो अभियान तथा दिन दुखिकाे सहयाेगका लागि समेत सम्पूर्ण भक्तजनहरूलाई गक्ष अनुसार Laxmi sunrise bank 2041377268011009 सहयोग गर्न समेत अनुरोध गरेका छन् ।






