आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कोशीका आन्दोलनकारीलाई एमालेको जवाफ: नाममा पुनर्विचार हुँदैन, चुनाव जितेर फेर्नू

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोशीका आन्दोलनकारीलाई एमालेको जवाफ: नाममा पुनर्विचार हुँदैन, चुनाव जितेर फेर्नू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मध्यपहाडी लोकमार्गको लामो यात्रामा निस्केका नेकपा एमालेका नेताहरूका लागि कोशी पहाडको यात्रा तुलनात्मक रूपले प्रतिकूल रह्यो।

कोशी नाम खारेजीको मागसहित पूर्वमा आन्दोलनरत ‘पहिचानवादी’ हरूको आक्रमण प्रयास, कालोझन्डा र अवरोध छिचोल्दै एमाले टोली शुक्रबार तेह्रथुम आइपुगेको छ।

यात्राको १६ औं दिन पूरा गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ पुस १ मा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन हुँदैछ। तेह्रथुमबाट पाँचथरसम्मको यात्रा तनावपूर्ण रहन्छ कि शान्तिपूर्ण एमाले नेताहरू संशकित देखिन्छन्।

बैतडीको झुलाघाटबाट सुरू भएको संकल्प यात्राले १६ दिन पूरा गरिसक्दा ‘ठूलो राजनीतिक सन्देश दिएको’ दाबी नेताहरूले गर्दै आएका छन्। एमाले नेताहरूको दाबी अनुसारको ‘ठूलो राजनीतिक सन्देश’ के हो सम्भवतः काठमाडौं फर्केर उसले सार्वजनिक गर्नेछ।

यद्यपि बन्द–बन्द हड्तालको अवरोध पार गर्दै मंगलबार प्रवेश गरेर कोशी प्रदेशमा चार दिन बिताएका एमाले नेताहरूले यहाँका आन्दोलनकारीलाई भने प्रष्ट सन्देश दिएका छन्, जुन सन्देश आन्दोलनकारीले अपेक्षा गरेभन्दा बिल्कुल फरक छ।

मध्यपहाडी यात्राको सबैजसो मञ्चहरूमा अध्यक्ष केपी शर्मा ओलीको एकल प्रस्तुति जारी छ। यही क्रममा अध्यक्ष ओलीले कोशीका आन्दोलनकारीलाई ‘यस्तो आन्दोलनका बलमा समस्या समाधान नहुने’ प्रष्ट सन्देश दिएका छन्।

ीबहmष् दबलप
त्यतिमात्रै होइन, ओलीले कोशीको नाम फेर्न भनेर आन्दोलन गरिरहेकाहरूलाई ‘धैर्य गरेर चुनाव पर्खिन, चुनावमा जनमत जितेर आउन अनि आफूले चाहेको निर्णय गराउन’ सोझो सल्लाह पनि दिएका छन्।

मध्यपहाडी राजमार्गमा एमालेले जारी राखेको संकल्प यात्राका क्रममा शुक्रबार तेह्रथुमको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कालो झन्डा देखाएर, बाटामा रहेका सल्लाका रूख ढालेर समस्याको समाधान हुन्छरु सल्लाका रूखले समस्या ल्याएको होरु समस्याको समाधान चाहेको हो भने शान्तिपूर्ण ढंगले छलफल गर्नुपर्‍यो।’

ल्अज
िकोशी नाम खारेजीको माग राखेर आन्दोलन गरिरहेकाहरूतर्फ लक्षित गर्दै ओलीले ‘बाटो नबिराउन’ पनि भनेका छन्।

‘जे गरे पनि आन्दोलन हुने होइन, कालो झन्डा देखाउनु अथवा अरू प्रकारका गतिविधि गर्नु, अझ त्यसलाई हिंसात्मक रूप दिनु, त्यसले कुनै समस्याको समाधान गर्दैन’, ओलीले भने ‘लोकतन्त्रमा धैर्यता राख्नुपर्छ। लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्नुपर्छ।’

त्यस्तो धैर्यता एमालेबाटै सिक्न पनि ओलीले संकेत गरेका छन्। आफ्नो नेतृत्वमा रहेको सरकार ‘षड्यन्त्रपूर्वक हटाइएको’ गुनासो दोहोर्‍याउँदै ओलीले त्यसरी ‘बहुतै ठूलो अन्याय हुँदा पनि जनताको अभिमतका लागि लागिरहेको’ उल्लेख गरे।

‘अहिले हामी सरकारमा छैनौं। हामीलाई सरकारबाट बेठीक ढंगले हटाइयो। देशी –विदेशी लागेर हटाइयो’, ओलीले थपे, ‘हामीले मुलुकमा सुशासन ल्याउने काम गर्यौं। विरोधीहरू आत्तिए। प्रयोग नै गर्न नहुने संस्थाहरू प्रयोग गरेर हामीलाई हटाए। यो बहुतै अन्यायपूर्ण कुरा भयो।’

यो अन्याय एमालेका लागि मात्रै नभई मुलुककै लागि पनि भएको उनको दाबी थियो।

‘अन्याय हामीलाई मात्रै भएन, मुलुककै प्रगतिको बाटो अवरूद्ध भयो’, ओलीले भने, ‘हामी वैधानिक बाटोबाट, जनताको अभिमतबाट त्यसलाई परास्त गर्न सकिन्छ भन्ने विश्वास राख्छौं। आक्रोशित भएर उत्तेजनामा आएर समस्या समाधान हुने होइन। संवैधानिक, कानुनी, जनताको अभिमतबाट हामी अगाडि बढ्छौं। समस्या समाधानको बाटो नै यही हो।’

एमाले अध्यक्ष ओलीले दिएको यो प्रष्ट सन्देश नाम फेर्न आन्दोलन गरिरहेकाहरूका लागि अनपेक्षित भने होइन। यही धारणा एमाले नेताहरूले बारम्बार राख्दै आएका छन्। तै पनि आन्दोलनकारीहरू भने ‘पहिचानको माग गर्नेहरूमाथि अन्याय भएको’ भन्दै प्रदेश सभाले निर्णय सच्याउनु पर्ने मागमा छन्।

एमाले कोशी प्रदेशको सबभन्दा ठूलो दल हो। ९३ सदस्यीय प्रदेश सभामा एमाले एक्लैसँग ४० सिट छ। एमाले सांसदहरू एमालेमाथि मात्रै निरन्तर आक्रमण गर्नेहरूले एमालेकै सहयोग बिना नाम तलमाथि हुनै नसक्ने तथ्य नबुझेको बताउँछन्।

‘सदनको सबभन्दा ठूलो दलमाथि निरन्तर आक्रमण गर्ने, बिच्क्याउने गरेर प्रदेशको नाम फेरिन्छ भन्ने सोच्नु नै राजनीतिक रूपमा गलत सोच हो’, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी भन्छन्, ‘एमालेसँग पनि सहकार्यबाट गर्नुपर्ने काम भएपछि उसैमाथि निरन्तर आक्रमण गर्ने कुराले कहाँ नतिजा दिन्छरु’

२०७९ फागुन १७ मा एमालेकै प्रस्तावमा प्रदेशको नाम ‘कोशी’ रहेको थियो। एमालेको प्रस्तावमा सहमत हुँदै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलले कोशीको पक्षमा मतदान गरेका थिए। एकीकृत समाजवादी र जनता समाजवादी मात्रै विपक्षमा उभिएका थिए।

कोशीका पक्षमा मतदान गर्ने ८२ सांसद र एमालेका तीन नेता अध्यक्ष ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेशमा अवरोध गर्ने आन्दोलनकारीहरूको खुला घोषणा छ।

त्यही घोषणाप्रति लक्ष्य गर्दै ओलीले केही दिनअघि भनेका थिए, ‘एमालेलाई प्रवेश रोक्छु भन्ने को होरु किन रोक्नेरु’, ‘नामकरणपछि ‘साँस्कृतिक तथा सभ्यताको पहिचान खुल्ने नाम राख्नुपर्ने’ भन्दै विभिन्न समूहहरू एकै ठाउँ उभिएर ‘प्रदेश १ पुनः नामाकंन संयुक्त संघर्ष समिति’ बनाएका छन्। उनीहरू गएको चैतयता निरन्तरजसो आन्दोलनमा छन्। यही आन्दोलनमा एक जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भइसकेका छन्।

यो पनि पढ्नुहोस्

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

३ मिनेट अगाडि
एमसीसी  प्रसारण लाइन शिलान्यास

एमसीसी प्रसारण लाइन शिलान्यास

२४ मिनेट अगाडि

बर्खायाम र चाडपर्वका कारण सुस्ताएको आन्दोलनलाई आन्दोलनकारीले जिल्ला पुग्ने नेताहरूलाई आक्रमण प्रयास गरेर ‘निरन्तरता’ दिइरहेका छन्। उनीहरूको आक्रमणको निशानामा एमाले नेताहरू नै बढी परिरहेका छन्। अध्यक्ष ओली, सचिव योगेश भट्टराई, पूर्वमुख्यमन्त्री हिक्मत कार्की, कोशी नामका प्रस्तावक राम राना, नेता महेश बस्नेतहरू निशानामा परिसकेका छन्।

यसपटक पनि एमाले नेताहरूलाई प्रदेश प्रवेशमै रोक लगाउने घोषणा गरेर बन्द आह्वान गरेका आन्दोलनकारीले ओलीसहितका नेताहरूलाई रोक्ने प्रयास गरे। मध्यपहाडी मार्गमा परिचालित ठूलो संख्याका सुरक्षाकर्मीले उनीहरूको प्रयास विफल पारिदिए। ठाउँ–ठाउँमा कालो झन्डा सामना गर्दै ओलीसहितका नेताहरू पाँचथरतिर अघि बढिरहेका छन्।

बागमती प्रदेशमा हुन्जेल कोशीका आन्दोलनकारीहरूलाई कडा शब्दमा प्रहार गरिरहेका ओलीले कोशी प्रवेश गरेपछि आफ्नो ‘टोन चेन्ज’ गरेका थिए। आन्दोलनकारीलाई चिढ्याउने भाषा प्रयोग नगरे पनि कोशीबाटै उनले कोशी नामबारेमा एमालेले पुनर्विचार नगर्ने सन्देश भने प्रष्ट रूपमा दिइरहेका छन्।

ओलीले ‍‍‌‌‌‌‌‍औपचारिक सभामा मात्रै होइन, कार्यकर्ताहरूसँगको कुराकानीको क्रममा पनि प्रदेशको नाम फेर्ने भन्ने विषय सम्भावना नै नभएको भन्ने गरेका छन्।

‘सभाहरूमा मात्रै होइन, हामीसँगको अनौपचारिक कुराकानीमा पनि अध्यक्षज्यूले नाममा कुनै पुनर्विचार हुँदैन भनेर भनिसक्नुभएको छ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक