शुक्र, असार २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुस–युक्रेन युद्धका क्रममा दुई नेपाली बन्धक भएको जानकारी प्राप्त

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
रुस–युक्रेन युद्धका क्रममा दुई नेपाली बन्धक भएको जानकारी प्राप्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको जानउनुभएको छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उहाँले भर्ना भएकाको सङ्ख्या र स्वदेश फिर्ताका लागि सहजीकरण गर्न कूटनीतिक रूपमा रुसलाई आग्रह गरिएको बताउनुभयो । उहाँले विद्यार्थी तथा भ्रमण प्रवेशाज्ञामा गएर फरक प्रयोजनमा काम गरिरहेको पाइएको जानउनुभएको छ ।

परराष्ट्रमन्त्री साउदले द्वन्द्वका क्रममा दिवङ्गत भएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्तिका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुसमा नेपाली मारिएको बारे दूतावासले कुरा गरेको छ । खास केही सन्धि सम्झौताबाहेक अन्य अवस्थामा नेपाली नागरिकले कुनै पनि देशको सेनामा भर्ना नगर्ने नेपाल सरकारको नीति पनि हो । दिवङ्गतको पक्षमा क्षतिपूर्तिका लागि सम्बन्धित देशमा लेखेका छौँ । भर्ना भएका कति छन् यकिन गर्न र फिर्ताको आग्रह रुसलाई गरिसकेका छौँ ।”

उहाँले रुस–युक्रेन युद्धका क्रममा पनि दुई नेपाली बन्धक रहेको जानकारी प्राप्त भएको जानउनुभयो । उहाँले एक जनाको अवस्थाका बारेमा युक्रेनको दिल्लीस्थित र बर्लिनको नेपाली दूतावासले पनि पुष्टि गरेको जानउनुभयो । उहाँले एक जनाको हकमा परिवारले बन्धक भएको जानकारी दिएको र थप बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री साउदले इजरायल हमास युद्धका क्रममा बेपत्ता विपिन जोशीको खोजीबारे कूटनीतिक पहल जारी रहेको जानउनुभयो । उहाँका अनुसार शुक्रबार पनि इजरायलसँग छलफल भएको छ । उहाँले दोहा फोरममा सहभागी हुने क्रममा पनि त्यहाँका उच्च अधिकारीसँग हमाससँग समन्वयका लागि आग्रह गर्ने समितिमा जानकारी दिनुभयो ।

उहाँले पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय सुझबुझपूर्ण रहेको बताउँदै गत कात्तिक २ गतेको बैठकमा निर्णय भएको र पोर्चुगलले पनि सहमति दिएको जानकारी समितिलाई दिनुभयो ।

उहाँले दूतावास स्थापनाले राहदानी र कन्सुलर सेवामा सहज हुने जानउनुभयो । आर्थिक सङ्कटको अवस्थामा नयाँ दूतावास स्थापना गरेको भन्दै समितिले मन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार परराष्ट्रमन्त्री साउद समितिमा उपस्थित हुनुभएको थियो ।

नेपालको नाम अनुमोदन 

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । नयाँ दूतावास स्थापनासँगै सरकारले नेपालको नाम राजदूतमा प्रस्ताव गरेको थियो । शुक्रबार सुनुवाइपछि समितिले नाम सर्वसम्मत अनुमोदन गरेको हो । अब उहाँको नियुक्तिका लागि बाटो खुलेको छ ।

सुनुवाइका क्रममा नेपालले दूतावासबाट हुने राहदानी र कन्सुलर सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । राजनीतिक तथा कूटनीतिक सम्बन्ध स्थापनाका लागि पनि पहल गर्ने उहाँको कार्ययोजना जानउनुभयो ।

उहाँले पोर्चुगल–नेपालबिचको परामर्श समितिलाई क्रियाशील बनाउने, संसदीयमैत्री सम्बन्ध र खेल कूटनीतिलाई पनि प्राथमिकतामा राख्ने जानउनुभयो ।

विपिनको रिहाइका लागि छलफल

यसैबिच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग छलफल गर्नुभएको छ । उहाँसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने पहल गर्न शुक्रबार हर्चसँग टेलिफोनवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने मन्त्री साउदले बताउनुभयो । जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिनुभएको जनाइएको छ ।

यसअघि परराष्ट्रमन्त्री साउदले गत मङ्गलबार कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा

१० घण्टा अगाडि
सत्ता गठबन्धन फेरिने संकेत !

सत्ता गठबन्धन फेरिने संकेत !

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक