काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटोस्थित सडकमा ना.४ ख ९५२० नम्बरको बसले ना.५३ प ८५२७ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीया निशा कुमारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, भरतपुर महानगरपालिका-२८ अन्द्रौलीमा बा.प्र-०६-०१प ३४७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४८ को रण वहादुर बानियाँको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ गुन्जनगर टोलमा ना.५१ प ६४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल, नाम, थर वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।