काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले सरकार र संसदमा भएका दलहरुसँग जनता वाक्कदिक्क भएको दाबी गरेका छन्।
दलहरु सत्ताको छिनाझपटीमा लाग्दा जनताका समस्यामा ओझेलमा परेको उनको दाबी छ। बिहीबार पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वैद्यले भने, ‘सत्ता खेल चलिरहेको छ। तीन दल सत्ताको लुछाचुँडीमा लागेका छन्। जनताको समस्या समाधन गर्न कोही तयार छैन। सरकारले पनि जनताको पक्षमा काम गर्न सकेको छैन। जनता वाक्वदिक्क भएका छन्।’ उनले अहिलेको संसदमा भएका दलहरुको विकल्प दिनुपर्ने बताउँदै क्रान्तिकारी विचार राख्ने कम्युनिष्टहरु एक भएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए।
‘अहिलेको परिस्थितिमा दुईवटा मात्रै विकल्प छन्। चुनावमा जाने कि क्रान्तिकारी बाटो हिँड्ने, वैद्यले अगाडि भने, ‘चुनावलाई परिस्थिति अनुसार उपभोग मात्रै गर्ने हो। त्यो परिस्थिति अहिले बनेको छैन।’ क्रान्तिकारी पार्टीहरुले नै जनतालाई विकल्प दिनुपर्ने उनको धारणा छ।
वैद्यले क्रान्तिकारी विचार राख्ने कम्युनिष्टहरु बीचमा विचारमा समानता भए पनि कार्यगत विषयमा भने कुरा मिल्न नसकेको दुखेसो गरे।
वैद्यले छलफलका लागि पेश गरेको पार्टीको तात्कालिक कार्यनीतिक सरकार सम्बन्धी अवधारण यस्तो छ :