बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमेरिकी चूनौतिको सामना गर्न भारतलाई अप्ठेरो ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुबेदी

भनिन्छ भारतमा यतिबेला ‘स्पाई मास्टर’ मानिने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो राजनीतिक जीवन यात्राको सबैभन्दा ठूलो चूनौतिको सामना गर्नु परिरहेको छ । हुन पनि अमेरिकी प्रशासनले भारतले घोषित गरेका एकजना खालिस्तानी आतंकबादी गुरपतवन्त सिंह पन्नुलाई बचाउनका लािग भारतको सम्पूर्ण गुप्तचर संयन्त्रलाई कठघरामा उभ्याउने कोशिश गरिरहेको औंल्याइन्छ ।

सतहीरुपमा हेर्दा त भारत र अमेरिका आफ्नो दुइ पक्षीय सम्बन्धमाथि कुनै आँच आउन नदिने प्रयास नै गरिरहेका देखिन्छन् । तर यतिबेला क्यानाडाका प्रधानमन्त्र जस्टिन ट्रुडोको आरोप पछि अमेरिकी अदालती कारबाहीको निक्कै दूरगामी परिणाम आउन सक्ने अडकलबाजी गरिदैछ।

भारतका चर्चित र बरिष्ठ राजनीतिक बिश्लेषक ब्रह्म चेलानीका अनुसार भारतीय नागरिक निखिल गुप्ता र अज्ञात गुप्तचर अधिकारीका बिरुद्ध अदालतमा दायर गरिएको आरोपपत्र तोता–मैनाको कथा जस्तो छ । त्यसबारेमा नबीनतम सूचनाहरुले बताए अनुसार भारतको गुजरात पुलिसको रेकर्डमा निखिल गुप्ताका बरेमा कुनै आपराधिक सूचना नै छैन । अर्को एउटा रिपोर्टका अनुसार भने निखिल गुप्तालाई चेक गणराज्यले अमेरिकालाई सुम्पिदिएको छ । पत्यर्पणको सम्पूर्ण कथापछि पनि भारतीय दूतावासलाई त्यस अभियोगको कुनै जानकारी दिइएको छैन । यसले गर्दा भारतीय बिश्लेषकहरु यसलाई मामिलालाई अमेरिकी प्रशासनको भारतलाई फसाउने एउटा पूरै षडयन्त्रकारी कोशिशकोेरुपमा ब्याख्या गर्न थालेका छन् ।

भर्खरै एक सय बर्षको उमेरमा देहाबसान भएका अमेरिकी पूर्ब बिदेश मन्त्री एबं चर्चित तर बिबादास्पद कूटनीतिज्ञ हेनरी किसिञ्जरको यो दम्भपूर्ण र परिचित कथन कि ‘अमेरिकासँग दुश्मनी गर्नु खतरनाक छ तर अमेरिकासँग दोस्ती गर्नु पनि ज्यान जाने कुरा हुन्छ’। यस भनाइको परिप्रेक्षमा भारतको सन्दर्भमा के भनिदैछ भने भारतका बिदेशमन्त्री सुब्रमण्यम जयशंकर र रक्षामन्त्री राजनाथ सिंहले किशिञ्जरको यो अमेरिकी प्रबृत्तिको यो कथनलाई बेवास्ता गर्दिएका थिए । भारतमा आजभोली के प्रश्न उठाइन थालेको छ भने अमेरिकी प्रशासनको तारो आखिर को हो ? राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल कि मोदी सरकार ? अमेरिकामा आरोपपत्र दाखिल गरिएपछि भारतको तर्फबाट त्यो बिषयको छानबिबन गर्न जुन उच्च स्तरीय कमिटी गठन गरियो त्यसको सञ्चालन डोभालले नै गरिरहेका छन् । यसबाट नै स्पष्ट हुन्छ कि मोदी सरकार डोभालका पछाडि उभ्भिएको छ । यसै सन्दर्भमा अर्को एउटा प्रतबेदनका अनुसार अमेरिकाले भारतमा जुन दबाब सिर्जना गर्यो त्यसले गर्दा वाशिङ्गटन र लण्डनमा भारतीय गुप्तचर एजेन्सी-‘र’को स्टेशन प्रमुखलाई पदच्यूत गर्नु परेको थियो ।

क्यानाडाका शीर्षस्थ अधिकारलाई त पहिला नै भारतबाट निकाला गरिसकिएको थियो । यदि त्यो प्रतिबेदन सही हो भने ती प्रमुख तीन देशहरुमा भारतको राष्ट्रिय हितको सुरक्षाका लागि भारतको गुप्तचर सूचना एकत्र गर्ने प्रणाली कमजोरतम भएको ठहर्छ भनेर भरतकै बिश्लेषकहरु औंल्याइरहेका छन् । अनि भारतमा के सन्देह गरिदै गरेको देखिन्छ भने कि अमेरिकाले यसै मनसायले सम्पूर्ण कसरत गरिरहेको हो ।

भारतीय ज्ञाता र बिश्लेषकहरु भन्छन् कि अमेरिकी गुप्तचर संस्था सिआईएको भारतको राजधानी दिल्ली लगायत पूरै भारतभर ब्यापक तानाबाना बनाइएको छ । भारतकी पूर्ब प्रधानमन्त्री इन्दिरा गान्धिको कार्यकालमा नियुक्त गरिएका एक अमेरिकी राजदूतले आफ्नो संस्मरणम लेखेकै थिए कि ‘केन्द्रिय मन्त्रीमण्डलको बैठकको केही घण्टा पनि बित्न नपाउँदै उनको मेचमा बिचार बिमर्शको सम्पूर्ण ब्यहोरा आइपुग्थ्यो’ । शायद इन्दिरा गान्धीले त्यस गतिबिधिको लख काटेकी थिइन् । त्यसैले उनले अर्को छुट्टै किसिमको निर्णय लिने गर्दथिन् । उनको त्यस प्रकारको सुझबुझले गर्दा सीआईएका दिल्ली स्थित स्टेशन प्रमुख जोक्कर साबित हुन पुग्दथे भनिन्छ र अहिलेका प्रधानमन्त्रीले त्यसै गरुन् भन्ने भारतीय कूटनीतिका ज्ञाताहरुको राय देखिन्छ । उनीहरु सबैभन्दा राम्रो कुरा त के हुन्छ भनिरहेका छन् भने भारत सरकारको तर्फबाट यस सम्बन्धि एउटा श्वेतपत्र जारी गरियोस् जसमा बिदेशी गुप्तचर एजन्सीहरुका सबै गतिबिधिहरुको सूचि होओस् ।

यस्तै परिदृष्यका बीच भारत र यसको सेरोफेरोमा घटेको एउटा महत्वपूर्ण घटनाहरुमथि सायद मानिसहरुको ध्यान कमै गएको होला । त्यो के भने रुसको नौसेनाले पुनः हिन्द महासागरमा गस्ती लगाउन शुरु गरेको छ । रुसी नौसेनाले भारत, बंगलादेश तथा म्यानमारका नौसेनाहरुसँग मिलेर हलैमा संयुक्त सैन्य अभ्यास पनि गरेको छ । रुसी नौसेनाको यो सक्रियता भारतको जनकारी र सहमति बेगर भएको छैन र हुँदैन भन्ने पनि भारतीय पक्षको बिश्वास रहेको पाइन्छ ।

यी सबै परिप्रेक्ष र गतिबिधिका बीच निश्चय नै भारतले के सन्देश दिन खोजेको देखिन्छ भने भारत क्वाड (Quadrilateral Security Dailouge) को सदस्य भए पनि उसले आफ्नो बिश्वासिलो मित्र रुसको हिन्द महासागरमा उपस्थिति होस् भन्ने चाहन्छ । पर्यबेक्षकहरु भन्न थालेका छन् कि इतिहासले आफुलाई दोहोर्याउँदछ, शायद हिन्दमहासागर क्षेत्रको हकमा पनि त्यसै भएको छ । १९७१ मा अमेरिकाको दबाब र धम्कीलाई नसुनी रुसी सेना हिन्द महासागरमा तैनाथ भएको थियो । भारतले अहिले त्यो पनि सम्झन थालेको देखिदैछ । अमेरिकासँग दोस्ती पनि दुश्मनी पनि खतराले खाली नहुने कुरा भारतले अहिले अझ बढी बुझ्न थालेको हो कि ?

यो पनि पढ्नुहोस्

नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न

नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न

४० सेकेन्ड अगाडि
साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

फिफाले अर्जेन्टिनामाथि अनुसन्धान गर्ने

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक