बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गभर्नरको तलबभत्ता २४.१८ प्रतिशतले वृद्धि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
गभर्नरको तलबभत्ता २४.१८ प्रतिशतले वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार ३३५ रुपैयाँ सेवा सुविधा लिएका छन् ।

आव २०७८र७९ मा गभर्नर अधिकारीले १४ लाख १८ हजार ४००, बैठक भत्ता ३ लाख ५ हजार र अन्य सेवा सुविधा ३१ लाख ८१ हजार ८५५ सहित कुल ४९ लाख ५ हजार २५५ रुपैयाँ सेवा सुविधा वापत लिएका थिए ।

यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको सेवा सुविधा एक वर्षमा ३३.८५ प्रतिशतले बढेको छ । आव २०७७र७८ मा १२ लाख ६९ हजार ६०० तबल, २ लाख ७३ हजार बैठक भत्ता र अन्य सुविधा २७ लाख १७ हजार ५१३ गरी कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ सेवा सुविधा लिएकोमा गत आवमा बढेर ५७ लाख २ हजार ३६१ पुगेको छ । गत आवमा उनले तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आवमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले तलब १२ लाख ६९ हजार ६००, बैठक भक्ता २ लाख ९६ हजार र अन्य सुविधा २६ लाख ३६ हजार ४१७ गरी ४२ लाख २ हजार १७ रुपैयाँ तलब तथा सेवासुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्ष को तुलनमा गत आर्थिक वर्षमा डेपुटी गभर्नर मिश्रको तलब भत्ता तथा सेवासुविधा २६।१४ प्रतिशतले बढेको छ ।

सञ्चालकको कति ?

राष्ट्र बैंकका अनुसार सञ्चालकहरुको तलब भत्ता तथा सेवासुविधा एक वर्षमा १९.९९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका सञ्चालकहरुले गत आर्थिक वर्षमा तलब बैठक भत्ता र अन्य सेवा सुविधा वापत २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष २०७८र७९ मा तलब, बैठक भत्ता सहितको सेवा सुविधा १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ लिएका थिए ।

राष्ट्र बैंकमा गभर्नर र डेपुटी गभर्नर कार्यकारी पद भएकोले तलब लिने गर्छन् । अन्य सञ्चालकहरुले भने बैठक भत्ता र अन्य तोकिएको सेवासुविधा मात्रै प्राप्त गर्छन् ।

राष्ट्र बैंकमा ७ जनाको सञ्चालक पद हुन्छ । तर, आर्थिक वर्षको बीचमा नै सञ्चालक परिवर्तन हुँदा गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट सञ्चालकको रुपमा ११ जनाले सेवा सुविधा लिएका छन् ।

गत आर्थिक वर्षमा सञ्चालकको रुपमा चिन्तामणि शिवाकाटीले बैठक भत्ता ४ लाख ५ हजार र अनय सेवा सुविधा ११ लाख ५९ हजार ३८२ रुपैयाँ गरी १५ लाख ६४ हजार ३८२ रुपैयाँ लिएका छन् । राष्ट्र बैंकमा अर्थ सचिव सञ्चालक हुने व्यवस्था छ । अर्थ सचिवको सरुवा हुनासाथ सञ्चालक पनि परिवर्तन हुन्छ । अर्थ सचिवको रुपमा राष्ट्र बैंककको सञ्चालक हुँदा अर्जुनप्रसाद पोख्रेलले बैठक भत्ता ९९ हजार र २९ हजार १८६ अन्य सेवा सुविधा सहित १ लाख २८ हजार १८६ रुपैयाँ लिएका छन् ।

यस्तै अर्थ सचिवको रुपमा राष्ट्र बैकको सञ्चालक हुँदा तोयम रायले ९९ हजार बैठक भत्ता र अन्य सुविधा ७० हजार ९९२ सहित कुल १ लाख ६९ हजार ९९२ रुपैयाा बुझेका छन् ।

कृष्णहरि पुस्करले बैठक भत्ता १ लाख ४४ हजार र अन्य सेवा सुविधा १ लाख ११ हजार २२१ सहित कुल २ लाख ५५ हजार २२१ रुपैयाँ बुझेका छन् । यस्तै अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले राष्ट्र बैंक सञ्चालकको रुपमा बैठक भत्ता बापत १८ हजार रुपैयाँ बुझेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकको सञ्चालक शंकरप्रसाद आचार्यले बैठक भत्ता ३ लाख ६० हजार र अन्य सुविधा ६ लाख ४८ हजार ४०८ सहित कुल कुल १० लाख ८ हजार ४०४ रुपैयाँ बुझेका छन् । अर्का सञ्चालक रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ता ९९ हजार र अन्य सुविधा २ लाख ४५ हजार १२ रुपैयाँ सहित कुल ३ लाख ४४ हजार १२ रुपैयाँ बुझेका छन् ।

गत आर्थिक वर्षको सुरुवातमा सञ्चालकको रुपमा सुवोधकुमार कर्णले पनि रहेका थिए । तर, उनी कुनै बैठकमा सहभागी भएनन् भने कुनै सेवा सुविधा पनि लिएका देखि‌ंदैन ।

हेर्नुहोस् तलबभत्ता सूचीः

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

९ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक