बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समुदाय-प्रहरी साझेदारी कार्यक्रम थप प्रभावकारी बन्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
समुदाय-प्रहरी साझेदारी कार्यक्रम थप प्रभावकारी बन्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको ५ वर्ष पूरा भएको छ । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर १ लाख ८४ हजार ५ सय ३५ वटा सामुदायिक कार्यक्रमहरु सञ्चालन भएका छन् ।

यसबाट कुल १ करोड २ लाख ९८ हजार ७ सय ४ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रमको माध्यमबाट ७ सय ५३ वटा स्थानीय तहसँग साझेदारी निर्माण गरी कार्यान्वयन गर्न औपचारिक समझदारी भएको थियो । जसअनुसार वृहत् रूपमा सामुदायिक सुरक्षा संस्थागत गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म कुल २३ हजार ९ सय ९२ साझेदारी समितिहरू गठन भएका छन् ।

समुदाय-प्रहरी साझेदारी अवधारणा २०७५ बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रहरू, विभिन्न क्षेत्रका गैह्र राजनीतिक सामुदायिक र सामाजिक संघ संस्थाहरू, महिला, बालबालिका र युवा सम्बन्धी संघ संस्थाहरू, माध्यमिक तह (कक्षा १२ सम्म) का विद्यालयहरू, शिक्षासँग सम्बन्धित संघ संस्थाहरू र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता हुने गरी जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरमा समितिहरू गठन गरी बृहत् राष्ट्रिय साझेदारी निर्माण गरिएको हो ।

यस अवधारणाबारे जानकारी दिँदै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत भन्नुहुन्छ, ‘यस अवधारणाको कार्यान्वयनबाट सामुदायिक सुरक्षा, अपराध रोकथाम, घटित अपराध अनुसन्धानमा जनसहभागिता अभिवृद्धि, प्रहरी र जनताबीचको सम्बन्ध सुदृढ हुनुका साथै अन्य प्रहरी कार्यमा समेत उल्लेखनीय योगदान पुग्न गएको छ ।

यसैगरी कोभिङ-१९ को समयमा करिब १० हजार ६ सय ४६ भन्दा बढी जनचेतनामूलक कार्यक्रमहरूबाट करिब १६ लाख नागरिकलाई सचेत गराइएको थियो ।

लागूऔषध विरुद्ध जनचेतनामूलक करिब २० हजार कार्यक्रमहरूबाट १० लाख ४३ हजार भन्दा बढी मानिसहरूमा सचेतना पुर्‍याइएको छ । महिला हिंसा न्यूनिकरण सम्बन्धमा करिब 2 १३ हजार ६ सय भन्दा बढी कार्यक्रमहरूबाट करिब ६ लाख ८५ हजार भन्दा बढी नागरिक समक्ष सचेतना पुर्‍याइएको छ ।

समुदाय लक्षित कार्यक्रमहरूमा जबरजस्ती करणी विरुद्ध, मानववेचविखन विरुद्ध, ट्राफिक नियम तथा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना, साइबर अपराध सम्बन्धी कार्यक्रम, आत्महत्या न्यूनिकरण कार्यक्रम, बालविवाह, बहुविवाह, दाइजो प्रथा विरुद्ध जनचेतना अभिवृद्धि, विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनिकरण, समुदाय र प्रहरीबीच खेलकुद कार्यक्रम, आगलागी न्यूनिकरण लगायत रहेका छन् ।

यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समाजमा रहेका विकृति र विसंगती विरूद्ध समाजलाई झकझकाउँदै कानूनी राज्यको स्थापना गर्न समुदाय र कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी मिलेर जानुपर्ने धारणा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले व्यक्त गर्नुभयो ।

२०३९ सालमा घरदैलो कार्यक्रमबाट सुरूवात भएको साझेदारी अवधारणा नेपाल प्रहरीले विभिन्न समयमा अख्तियार गरेका निर्देशिका, विधान र कार्ययोजना जस्ता सामुदायिक प्रहरी सेवा स्थापनाका आधार र निर्णयहरूबाट समुदाय-प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि सुरूवात भएको हो ।

सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यस अवधारणाको उद्देश्य, आवश्यकता र औचित्य पुष्टी भएको छ । अवधारणा अन्तर्गत हाल ५ सय २८ जना जनशक्ति कार्यरत रहेका छन् भने १ सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्रहरू प्रत्यक्ष खटिएका छन् ।

यो पनि पढ्नुहोस्

अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ

अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ

२ दिन अगाडि
साना हात, ठूलो सोच: घाममा खटिएका ट्राफिक प्रहरीलाई विद्यार्थीको सम्मान

साना हात, ठूलो सोच: घाममा खटिएका ट्राफिक प्रहरीलाई विद्यार्थीको सम्मान

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक