बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ ।

चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताउनुभयो ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी तत्काल नल्याउने बताउनुभयो । चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिक्री गर्न नसकिने उहाँको भनाइ छ ।

प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ । “त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नु पर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उहाँले थप्नुभयो ।

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै चुलिएको छ । साल्ट टे«डिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुई केजीका दरले बिक्री गर्दै आएको छ ।

बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपियाँमा किन्नु पर्छ । सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता अभावको मारमा परेका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाही खड्गीले पछिल्ला दिनमा खुद्रा पसलमा चिनी बिक्री गर्न छोडेको जानकारी दिनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसन र चिनी उद्योगीले बजारमा चिनी नपठाएको दाबी गर्दै उहाँले भन्नुभयो, “चिनी उद्योगीसँग चिनी नभएर हो कि पाइँदैन त्यसैले खुद्रावालाले चिनी बिक्री गर्न छोडेका छौँ ।”

चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आफूहरूको गोदाममा चिनी मौज्दात सीमित रहेकाले कर्पोरेसनको बिक्री केन्द्रबाट दुई केजी ग्राहकलाई दिनेबाहेक पसलका लागि बिक्री गर्ने चिनी नभएको कर्पोरेसनका निर्देशक व्रजेश झाले बताउनुभयो ।

उहाँका अनुसार कर्पोरेसनले एभरेस्ट सुगर मिलसँग भएको सम्झौताभन्दा निकै कम आएकाले त्यो पनि सकिएको छ । भारतबाट तत्काल चिनी खरिदको उपाय नदेखिएको कर्पोरेसनले जनाएको छ ।

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउनका लागि छलफल भइरहेको जनाएको छ । नेपालका छ वटा चिनी मिलले यही सातादेखि चिनी उत्पादन गर्न थालेका छन् तर त्यो चिनी बजारमा आए वा नआएकोबारे रिपोर्टिङ लिने काम भइरहेको मन्त्रालयका प्रवक्ता ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार उखुको न्यूनतम मूल्य तोकेपछि उद्योगीबाट उत्पादित चिनी बजारमा आउने हो तर कृषि तथा पशुपन्छी मन्त्रालयले उखुको मूल्य तोकेको छैन त्यसैले पनि बजारमा नपठाएको हो कि भन्ने अनुमान मन्त्रालयले गरेको छ ।

नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी खपत हुन्छ । जसमध्ये करिब एक लाख ५० हजार मेट्रिक टन चिनीको माग स्वदेशी उत्पादनले धान्छ भने बाँकी आयात गर्नुपर्ने अवस्था छ तर यस वर्ष भारतले चिनीमा बढाएको करका कारण बजारमा पर्याप्त मात्रामा आयात हुन सकेन भने स्वदेशी उद्योगीले पनि बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरे । जसका कारण गत असारमा ९० रुपियाँ प्रतिकेजीमा पाइने चिनीको मूल्य ठुला चाडपर्वमा १६० रुपियाँसम्म पुगेको थियो ।  सीता शर्मा गाेरखापत्र

यो पनि पढ्नुहोस्

रसुवामा बाढी, नुवाकोट र सिन्धुपाल्चोक पनि प्रभावित

रसुवामा बाढी, नुवाकोट र सिन्धुपाल्चोक पनि प्रभावित

१२ घण्टा अगाडि
अफ्ताब आलम प्रकरण : बम लागेका गौरीशंकरले सुनाए यस्तो पीडा

अफ्ताब आलम प्रकरण : बम लागेका गौरीशंकरले सुनाए यस्तो पीडा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक