काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानहरुबाट सामाजिक सञ्जाल प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने दुई जना नाइकेलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा काभ्रेपलानचोकको भुमलु गाउँपालिका–४ घर घई आल काठमाडौं महानगरपालिका लाजिमपाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं महानगर–१४ घर भई हाल कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।