काठमाडौं । प्रहरीले होटल र पार्टी प्यालेसमा आन्दोलनकारी खोज्दै गरेको पाईएको छ , उपत्यका भित्रिने नाकाहरूमा पनि प्रहरीले चेकिङमा कडाइ गरेको छ । दुर्गा प्रसाईंले ७ मंसिरदेखि उपत्यकामा प्रदर्शन गर्ने घोषणा गरेसँगै प्रहरीले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरेको हो । उपत्यका प्रवेश गर्ने प्रर्दशनकारीहरूले अवैध हतियारसमेत ल्याउन सक्ने आशंका गर्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको जनाईएको छ । प्रहरी स्रोतका अनुसार प्रसाँईका अभिव्यक्ति उत्तेजित पार्ने खालका छन् ।
कोही प्रदर्शनकारीले लाठी भालासमेत ल्याउन सक्ने आशंका प्रहरीले गरेको छ । त्यसैले नाकादेखि होटलसमेत सर्च अभियान चलाईएको छ । तर, हालसम्म उपत्यकामा शंकास्पद कुनै मानिसको प्रवेश नभएको प्रहरीको भनाइ छ ।
प्रसाईंले प्रदर्शन घोषणा गरेकै दिन नेकपा ९एमाले०को युवा संघले पनि विरोध कार्यक्रम राखेको छ । प्रसाईं र युवासंघको कार्यक्रममा मुठभेडको अवस्था सिर्जना हुन नदिन भन्दै प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खु क्षेत्र र एमाले युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ ।