काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमा रहेको जनाएका छन् ।
आज मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको धारणा थियो ।
उनले भने, ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ । गएको वर्षदेखि यहाँसम्म आउँदा अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन । त्यस कारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने सङ्कट गहिरिँदै जानेछ ।’